२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

महिलाको चुनौति र अवसर विषयमा अन्तरक्रिया

आइतवार , फाल्गुण ११, २०८१

बुटवल, ११ फागुन । लायन्स ईन्टरनेशनल डिष्ट्रिक ३२५ पी को आयोजनामा महिलाहरुको चुनौति र अवसर विषयमा  तिलोत्तमामा अन्तरक्रिया कार्यक्रम गरिएको छ । कार्यक्रममा उच्च अदालत तुलसीपुर, बुटवल ईजलासकी न्यायाधिष किरण कुमारी गुप्ताले महिलाहरुको हकहितको लागि न्यायिक क्षेत्रमा समेत बलियो उपस्थिति जनाउनुपर्ने बताइन् ।

लायन्स डिष्ट्रिक ३२५ की गभर्नर निरा बज्राचार्यले महिलाहरुको सीप, क्षमता विकासका लागि सहकार्य गर्नुपर्नेमा जोड दिइन् । बुटवल उपमहारनगरपालिकी उपप्रमुख सावित्रादेवी अर्यालले महिलाहरुको सशक्तिकरणको लागि स्थानीय पालिकाहरुले आवाज उठाउँदै आएको बताउँदै संविधान प्राप्तीसँगै देशको महत्वपूर्ण स्थानमा महिलाहरुको सहभागीता बढ्दै गएको बताइन् ।

त्यस्तै नेपाली चलचित्र क्षेत्री नायिका आचल शर्माले कलामार्फत महिलाहरुको आवाज बुलन्द गर्नको लागि सबैले पहल गर्नुपर्ने र आफूले समेत महत्वपूर्ण भूमिका खेल्ने बताइन् । कार्यक्रममा लायन्स ईन्टरनेशनल डिष्ट्रिक ३२५ पी का गभर्नर पुरुषोत्तम भक्त प्रधानाङ्गले महिलाहरुको समाज परिर्वतनमा महत्वपूर्ण भूमिका रहने बताए । 

कार्यक्रममा महिला उद्यमी तथा स्वास्थ्यकर्मी सुरुची खड्का, पत्रकार भगवती पाण्डे, सामाजिक अभियन्ता मीना पन्थी, रचना क्षेत्री लगायतले भनाइ राखेका थिए ।

कार्यक्रमको मोडिएटरको रुपमा प्रविना घिमिरेले भूमिका निर्वाह गरेकी थिईन् । एफ डब्लुसी कोर्डिनेर सुलोचना श्रेष्ठको  संयोजकत्वमा भएको कार्यक्रममा एरिया ३ का एरिया चिफ शान्ती पाठक पाण्डेले कार्यक्रम होष्ट गरेकी थिइन् । कार्यक्रममा फष्ट भिडिजी बालाराम भट्टराई, सेकेण्ड भिडिजी सन्दीप कसौधन, पूर्व गभर्नर नवराज न्यौपानेले लगायतको सहभागीता रहेको थियो ।