२०८२, फाल्गुण ९ गते

Feb 21 2026 | २०८२, फाल्गुण ९ गते

प्रकृति लम्सालको सम्झनामा लियो सिद्धार्थनगर युथद्वारा दीप प्रज्वलन

आइतवार , फाल्गुण ११, २०८१

  • 1.0K
    Shares
  • 1.0K
    Shares
  • भैरहवा, ११ फागुन । भारतमा मृत्यु भएकी भैरहवाकी विद्यार्थी प्रकृति लम्सालको सम्झनामा लियो क्लब अफ सिद्धार्थनगर युथले दीप प्रज्वलन गरेको छ । क्लबले शनिबार साँझ भैरहवास्थित बुद्धचोकमा दीप प्रज्वलन कार्यक्रम गरेको वर्ष २०२४–२५ का अध्यक्ष सौरभ लाभले बताए । कार्यक्रममा सहभागीहरुले मृतक प्रकृति लम्सालको आत्माको चिरशान्तिको कामना गर्दै लम्साललाई न्याय दिन माग गरे ।

    लियो सिद्धार्थनगर युथका अध्यक्ष सौरभ लाभको अध्यक्षता, लियो रिजन चेयरपर्सन सेजल मल्लिकको प्रमुख आतिथ्यता, लायन्स क्लब अफ सिद्धार्थनगर युथका सदस्य शुभम कर्ण, लायन्स क्लब अफ मणिउजेशका अध्यक्ष सारा जावेदको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको कार्यक्रम संयोजक सन्जना साहले बताइन् ।

    लियो सिद्धार्थनगर युथका सचिव आदर्श कुमार पण्डितको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
    भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत प्रकृति लम्साल त्यहाँको होस्टेलमा मृत भेटिएकी थिइन् । उनी सिद्धार्थनगर नगरपालिका–८ बैंककलोनी निवासी हुन् ।