
आइतवार , फाल्गुण ११, २०८१
बुटवल, ११ फागुन । रोटरी क्लब अफ बुटवल चौतारीले १२० औं रोटरी स्थापना दिवसको अवसरमा सामूदायिक विद्यालयका विद्यार्थीहरुलाई पोशाक वितरण गरेको छ । क्लबले रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका–३ स्थित पडरिया आधारभूत विद्यालयमा अध्ययनरत १३५ जना विद्यार्थीहरुलाई विद्यालय पोशाक प्रदान गरेको हो ।
क्लबका अध्यक्ष नुमेन्द्र पौडेल र राजकीय बौद्ध बिहारका प्रमुख भन्ते सागर धम्मसहित क्लबका पदाधिकारी तथा सदस्यहरुका साथै शिक्षकशिक्षिकाहरुको उपस्थितिमा पोशाक प्रदान गरिएको हो ।
कार्यक्रममा बोल्दै राजकीय बौद्ध बिहारका प्रमुख भन्ते सागर धम्मले सामूदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई गरिएको सहयोग प्रशंसनीय रहेको बताए ।
क्लबका संस्थापक अध्यक्ष डा. विष्णु घिमिरेले क्लबले यस्ता रचनात्मक कार्यक्रमलाई विगतदेखि नै निरन्तरता दिदै आएको बताए । क्लबका अध्यक्ष नुमेन्द्र पौडेलले आगामी दिनमा पनि रोटरी सामाजिक कार्यमा अग्रसर भैरहने प्रतिवद्धता व्यक्त गरे ।
त्यसअवसरमा क्लबका निवर्तमान अध्यक्ष दिनेशमणि सुवेदी, भुलन यादवलगायतले रोटरीले गर्दै आएको सामाजिक सेवामूलक कामबाट समाजलाई नै सकारात्मक सन्देश दिएको बताए ।
यसैबीच क्लबले विश्व रोटरी डेको अवसरमा आइतबार बिहान आयोजना गरिएको प्रभातफेरीमा पनि सहभागीता जनाएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij