
सोमवार , फाल्गुण १२, २०८१
भैरहवा, १२ फागुन । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका प्रमुख (मेयर) इश्तियाक अहमद खाँ बगंलादेश प्रस्थान गरेका छन् । स्वास्थ्य तथा सरसफाई सम्बन्धी अन्तरदेशीय सम्मेलन–२०२५ मा सहभागी हुन उनी सोमवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट त्यसतर्फ प्रस्थान गरेको नगर प्रमुख खाँका स्वकीय सचिव ईन्जिनियर बरकत बादशाह शेषले जानकारी दिए । सम्मेलन बगंलादेशको राजधानी ढाकामा फेबु्रअरी २५ र २६ (मगंलबार र बुधबार) हुनेछ ।
यो सम्मेलनले उद्योग र शिक्षाविद्, नीति निर्माताहरू, विकास साझेदारहरू र अनुसन्धानकर्ताहरूसँग सहकार्य गरी ज्ञान आदानप्रदान गर्ने र वास्तविक प्रगतिलाई व्यवहारमा लागू गर्ने उद्देश्य लिएको छ । सरसफाई क्षेत्रमा मुख्य सत्रहरू, प्यानल छलफलहरू, प्रदर्शनीहरू र नेटवर्किङहरूमार्फत अवसरहरू, विश्वव्यापी सरसफाई चुनौतीहरूको सामना गर्ने र नवीनतालाई प्रेरित गर्ने सम्मेलनको लक्ष्य छ ।
दुईदिने सम्मेलनमा ‘सफाईको भविष्य’, विश्वव्यापी सरसफाई आवश्यकताहरू पूरा गर्न अग्रगामी सोच तथा समाधानहरू लगायतका विषयमा छलफल हुनेछ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij