
बिहिवार , चैत्र ५, २०७७
काठमाडौं, ५ चैत्र।
निर्वाचन आयोगको पछिल्लो अद्यावधिक अनुसार मुलुकमा एक करोड ६२ लाख ४३ हजार १ सय १० मतदाता कायम गरिएको बिवरण आयोगले सार्वजनिक गरेको छ । गत माघ १५ गतेदेखि सञ्चालन गरिएको मतदाता नामावली अद्यावधिक तथा मतदानस्थल र मतदान केन्द्र पुनरावलोकन कार्यक्रम अनुसार सो मतदाता संख्या कायम भएको हो।
उक्त मतदाताको अन्तिम नामावली प्रकाशन गरिसँगै मुलुकभर १० हजार ६ सय ६० मतदानस्थलमा आबद्ध गरी अन्तिम मतदाता नामावली प्रकाशन गरिएको निर्वाचन आयोगले जानकारी दिएको छ। आयोगबाट गत पुस ५ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गराएका र सोही मितिसम्ममा १८ वर्ष उमेर पूरा भएका मतदाता नामावली अद्यावधिक गरिएको जनाइएको छ।
सरकारले बैशाखमा निर्वाचन घोषणा गरेसँगै गत पुस ६ गतेदेखि स्थगन गरिएको थियो। आयोगका अनुसार स्थगन भएको मतदाता नामावली सङ्कलन तथा अद्यावधिकसम्बन्धी कार्य फागुन ५ गतेबाट ७७ वटै जिल्ला निर्वाचन कार्यालयबाट मतदाता नामावली सङ्कलन तथा अद्यावधिकसम्बन्धी कार्य सञ्चालन हुने आयोगले जनाएको छ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij