२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

रोहिणीमा २५ फागुनदेखि कक्षा ८ को वार्षिक परीक्षा

मंगलवार , फाल्गुण १३, २०८१

भैरहवा, १३ फागुन । रुपन्देहीको रोहिणी गाउँपालिकाले कक्षा ८ (आधारभूत तह) को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक गरेको छ । गाउँपालिकाले सोमबार कक्षा–८ उत्तीर्ण परीक्षा तालिका सार्वजनिक गरेको हो । २०८१ फागुन २५ देखि चैत ५ गतेसम्म परीक्षा सञ्चालन हुने रोहिणी गाउँपालिकाका अध्यक्ष तथा गाउँ शिक्षा समितिका संयोजक विद्या प्रसाद यादवले बताए ।

गाउँपालिकाभित्र रहेका सम्पूर्ण सामूदायिक, मदरसा तथा संस्थागत विद्यालयहरुमा परीक्षा सञ्चालन हुने प्रमुख प्रशासकीय अधिकृत राकेश कुमार चौधरीले बताए ।

चैत २५ गते अंग्रेजी, २६ गते नेपाली, २७ गते सामाजिक अध्ययन तथा मानव मूूल्य शिक्षा, २८ गते स्वास्थ्य, शारीरिक तथा सिर्जनात्मक कला/उर्दु/अरबी, चैत ३ गते गणित, ४ गते विज्ञान तथा प्रविधि र ५ गते स्थानीय भाषा/आचार शिक्षा (दिनियात) विषयको परीक्षा सञ्चालन हुने रोहिणी गाउँपालिकाको कार्यालयले जनाएको छ ।

WhatsApp Image 2025-02-25 at 4.38.56 PM (1).jpeg

रोहिणी गाउँपालिकामा यस वर्ष कक्षा ८ को परीक्षामा ७४४ जना विद्यार्थीहरु सहभागी हुने गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्राविधिक सहायक नारायण ढुंगानाले जानकारी दिए ।