२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

हिसान रुपन्देहीको अध्यक्षमा कृष्ण न्यौपाने

मंगलवार , फाल्गुण १३, २०८१

बुटवल, १३ फागुन । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) रुपन्देहीको १३ औ वार्षिकोत्सव तथा साधारणसभाबाट कृष्ण बहादुर न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ । मंगलबार भएको अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा मधु प्रकाश ज्ञवाली, उपाध्यक्षमा बाबुराम बन्जाडे, सचिवमा राजेशराज जोशी, कोषाध्यक्षमा नबिन्दु ढकाल, सह–सचिवमा कृष्ण गैरे, सह–सचिवमा लक्ष्मण अर्याल रहेका छन् । त्यस्तै सदस्यहरुमा लक्ष्मण अर्याल, पशुपति चौधरी, राजेन्द्र कुवर, श्रीराम माझी र लोक शर्मा चयन भएका छन । 

कार्यक्रममा उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) का केन्द्रिय अध्यक्ष रमेश कुमार सिलवाल, हिसान नेपालका केन्द्रिय वरिष्ठ उपाध्यक्ष युवराज शर्मा, अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली, प्याब्सन लुम्बिनीका अध्यक्ष लालहरि पाण्डे, हिसान रुपन्देहीका सल्लाहकार अनन्तराज शर्मा, टुक बहादुर क्षेत्री, दामोदर शर्मा, रामचन्द्र आचार्य, लोकनाथ उपाध्यायले गुणस्तरीय शिक्षामा निजी शिक्षालयको योगदानप्रति सरकार गम्भिर नदेखिएको गुनासो गरे । 

‘निजी शिक्षालयहरुलाई अवसरसँगै चुनौती’

उच्च शिक्षालय तथा माध्यमिक विधालय संघ नेपाल (हिसान) का केन्द्रिय अध्यक्ष रमेश कुमार सिलवालले देशमा घट्दो जनसंख्या निजी शिक्षालयहरुलाई चुनौती र अवसरका रुपमा रहेको बताएका छन् । हिसान रुपन्देहीको १३ औ वार्षिकोत्सव तथा साधारण सभाको उद्घाटन गर्दै अध्यक्ष सिलवालले मुख्य चुनौतीका रुपमा जनसंख्या घट्नु रहेको भन्दै यसलाई अवसरका रुपमा पनि लिन सकिने बताए । जनसंख्या कम हुँदा अभिभावक राम्रो शिक्षा दिन चाहने र त्यसमा निजी शिक्षालयहरुलाई अवसर बन्ने उनले बताए । 

नेपाल पहिला भन्ने भावना हरेकबाट सुरु गर्नुपर्ने उनले बताए । ‘नेपालमा केही छैन भन्ने भाष्य चिर्न जरुरी छ’उनले भने । सामाजिक सञ्जालहरुमा केही समूहह नै नकारात्मक विषय बिक्ने नाममा निरन्तर प्रचारमा लागेको भन्दै उनले यो गलत भएको बताए । सामाजिक ञ्ंजाल त समुदायका राम्रो विषयलाई ल्याउनुपर्ने उनले सुझाव दिए । नेपालको शैक्षिक अवस्थामा अवसर र चुनौतीहरु रहेको उनले बताए । शैक्षिक विकाससँगै देशका हरेक क्षेत्रमा विकास भएको उदाहरण दिदै उनले देशका शासकहरुको सोचमा परिवर्तन आउन नसकेको दावी गरे । ‘राम्रा र ठुलो विद्यालय कसरी निर्माण गर्ने भन्ने मुख्य चुनौती छ’ उनले भने ।

fcf7048f-6376-4fe2-bc43-039a115f2d80.jpg

कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्ड लुम्बिनी प्रदेशका प्रमुख रमाकान्त तिवारीले हिसानबाट हरेक शैक्षिक गतिविधिमा सहयोग मिलेको स्मरण गर्दै संस्थागत रुपमा नङ र मासुको जस्तो सम्बन्ध रहेको बताए । हिसानबाट कठिन समयमा निजी सम्पति लगाएर गुणस्तरीय शिक्षा दिएर विदेश जाने युवा रोक्न निरन्तर लागेको उनले बताए । हिसान र प्याब्सनको आ–आफ्नो भूमिका रहेको भन्दै शैक्षिक र संस्थागत विकास र संगठनको विकासमा एकताबद्घ भएर जानुपर्ने सुझाव दिए । शैक्षिक गुणस्तरलाई ध्यान दिनुपर्ने बेला आएको उनले बताए । शिक्षालाई सीप, संस्कार, व्यवहारिक रुपमा लागू हुने गरी जोड्न जरुरी रहेको उनले बताए । 

कार्यक्रममा हिसान नेपालका केन्द्रिय वरिष्ठ उपाध्यक्ष युवराज शर्माले नेपालमा शैक्षिक संस्थाहरुको हकहितमा लाग्न सुझाव दिए । बागमतीका केही विश्वविद्यालयहरु नीति बनाउने काममा लागेको उनले बताउँदै यो । पाठ्यक्रम निर्माण गर्न सक्ने, पूर्वाधार विकास गर्न सक्ने विश्वविधालयबाट आवश्यक पहलमा जोड दिन उनले आग्रह गरे । 

कार्यक्रममा हिसान रुपन्देहीका अध्यक्ष दिनेश भुषालले संस्थाको प्रगति विवरण प्रस्तुत गर्दै हिसानबाट वर्षभरी गरेको कामबारे प्रकाश पारे । कार्यक्रममा अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली, प्याब्सन लुम्बिनीका अध्यक्ष लालहरि पाण्डे, हिसान रुपन्देहीका सचिव बाबुराम बन्जाडेले गुणस्तरीय शिक्षामा निजी शिक्षालयहरुको योगदान र चुनौतीबारे बालेका थिए ।

कार्यक्रममा हिसान रुपन्देहीका सल्लाहकार अनन्तराज शर्मा, टुक बहादुर क्षेत्री, दामोदर शर्मा, रामचन्द्र आचार्य, लोकनाथ उपाध्यायसहित जिल्ला कार्यसमितिलाई सम्मान गरिएको थियो ।