२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

भैरहवामा ‘स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा’ सम्पन्न

मंगलवार , फाल्गुण १३, २०८१

भैरहवा, १३ फागुन । हिन्दू स्वयंसेवक संघ नेपालले रुपन्देहीको भैरहवामा ‘स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा–२०८१’ सम्पन्न गरेको छ । ‘आदर्श विद्यार्थी नै आदर्श नागरिक’ भन्ने उद्देश्यका साथ सोमबार सिद्धार्थनगर नगरपालिका–८ स्थित श्री रामजानकी हनुमान मन्दिर परिसरमा परीक्षा सञ्चालन गरिएको कार्यक्रम संयोजक मोती प्रसाद पौडेलले बताए । संघले प्रत्येक वर्ष संस्कृति ज्ञान परीक्षा सञ्चालन गर्दै आएको छ ।

परीक्षामा रुपन्देही लीलाराम न्यौपाने माध्यमिक विद्यालयका रञ्जित पाल प्रथम भएका छन् । त्यस्तै पश्चिमाञ्चल इङलिस हाई स्कूलकी रिया सिंह दोस्रो र साइ ग्लोबल माध्यमिक विद्यालयका प्रियंका कुमार सिंह तेस्रो भएका छन् । त्यस्तै मनकामना इङलिस हाई स्कूलका सफल कार्की, अजय कुमार गुप्ता, सरस्वती शिशु सदनकी आँचल पासवान, ज्योति यादव, कालिका पब्लिक स्कूलका राजेश यादव, मोडल गोल्डन स्कूलका अभी यादव, सनलाइट स्कूलकी अञ्जली गुप्ता, बृहस्पति स्कूलका स्नेहा कुमारी शाह, मुन लाइट माविका बुद्ध पाण्डे, न्यू इराका जय माला बरई, पश्चिमाञ्चल इंग्लिस स्कूलकी राजकुमारी यादव र अभिनव यादवले प्रोत्साहनस्वरूप सान्त्वना पुरस्कार पाएका छन् ।

\प्रथम हुनेलाई नगद २१ हजार, दोस्रोलाई ११ हजार र तृतीय हुनेलाई ५ हजार १ सय रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो । सान्तवना हुने विद्यार्थीहरुलाई १ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको आयोजकले जनाएका छन् ।

विजेता परीक्षार्थीले ५० पूर्णांकमामा ५० अंक प्राप्त गरेकाले गोला प्रथाद्वारा पुरस्कार वितरण गरिएको परीक्षा नियन्त्रक महेश भुर्तेलले बताए । स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षामा भैरहवा क्षेत्रका ५० बढी विद्यालयका १ हजार ५ सय बढी विद्यार्थीहरु सहभागी थिए ।

WhatsApp Image 2025-02-25 at 8.45.36 PM.jpeg

विजेताहरुलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवल किशोर साह सुडी, लुम्बिनी प्रदेश सरकारका पूर्व गृहमन्त्री एवं लुम्बिनी प्रदेश सदस्य सन्तोष कुमार पाण्डेय, हिन्दू स्वयंसेवक संघ नेपालका राष्ट्रिय प्रचारक वेद प्रकाश लगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।

संघीय सरकारका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवल किशोर साह सुडीको प्रमुख आतिथ्यता, लुम्बिनी प्रदेशका पूर्वगृहमन्त्री सन्तोष कुमार पाण्डेयको विशिष्ट आतिथ्यता, हिन्दू स्वयंसेवक संघ नेपालका राष्ट्रिय प्रचारक वेद प्रकाश, पूर्व जिल्ला शिक्षा अधिकारी टेक बहादुर थापा, प्याब्सन नेपालका केन्द्रीय उपाध्यक्ष विष्णु प्रसाद पन्थी, नेपाल भारत अवध मैत्री समाज रुपन्देहीका अध्यक्ष अजय कुमार गुप्ता, संघका राष्ट्रिय सह सेवा प्रमुख उमाशंकर पाठक, युवा समाजसेवी क्याप्टेन गौरव बोहरा, हेम शर्मा आचार्य, नरेन्द्र रौनियार, वरिष्ठ चिकित्सक दीपक पटेल लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो।

WhatsApp Image 2025-02-25 at 8.45.37 PM.jpeg

कार्यक्रम संयोजक मोती प्रसाद पौडेलको स्वागत तथा हिन्दू स्वयंसेवक संघ नेपालका जिल्ला संघचालक गोकुल पोखरेलको सञ्चालनमा भएको कार्यक्रममा संघका लुम्बिनी सम्भाग सह संघ–चालक देवीलाल भट्टराई, संभाग कार्यवाह रविकान्त उपाध्याय, जिल्ला कार्यवाह नरेन्द्र चौधरी, भैरहवाका नगर संघचालक श्रवण कुमार पाण्डेय, रोहिणी संघचालक सञ्जय कौशल, नगर कार्यवाह राजन शुक्ला, सह कार्यवाह दुर्गा प्रसाद कान्दु, नगर व्यवस्था प्रमुख मधु अग्रहरी लगायतको उपस्थिति थियो ।