
मंगलवार , फाल्गुण १३, २०८१
भैरहवा, १३ फागुन । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले यही फागुन १५ गते बिहीबार सार्वजनिक विदा दिएको छ । ४३ औं मगर एकता दिवसको अवसरमा बिहीबार बिदा दिइएको नगरप्रमुख (मेयर) इश्तियाक अहमद खाँद्वारा जारी सूचनामा उल्लेख छ ।
मेयर खाँले दिवसको अवसरमा सिद्धार्थनगरभित्र बसोबास गर्नुहुने सम्पूर्णमा शुभकामना व्यक्त गरेका छन् ।
मगर एकता दिवसको अवसरमा सिद्धार्थनगर नगर कार्यपालिकाको कार्यालय, मातहतका सम्पूर्ण वडा कार्यालयहरु, आधारभूत/स्वास्थ्य शहरी स्वास्थ्य केन्द्र तथा सामूदायिक एवं संस्थागत विद्यालयहरुमा फागुन १५ गते स्थानीय विदा दिइएको नगरपालिकाको कार्यालयले जनाएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij