२०८२, आषाढ ३१ गते

Jul 15 2025 | २०८२, आषाढ ३१ गते

अर्घाखाँचीमा चालु आर्थिक वर्षमा ४९ जनाले गरे आत्महत्या

बिहिवार , चैत्र ५, २०७७

 चैत्र ०५,अर्घाखाँची ।

चालु आर्थिक वर्षमा अर्घाखाँचीमा ४९ जनाले आत्महत्या गरेका छन् ।

सबैभन्दा बढी झुण्डीएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीे जनाएको छ ।मानसिक तनाव, प्रेम सम्बन्ध, बहुविवाह, बढ्दो प्रविधिसँगै आएको विकृति, घरेलु हिंसा लगायतका कारणले आत्महत्याका घटना बढेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी राम नारायण गुप्ताले जानकारी दिए । ।

गत आर्थिक वर्ष मा जिल्लामा ४८ जनाले आत्महत्या गरेका थिए । जिल्लामा आत्महत्या गर्नेको संख्या बढ्दै गएपनि स्थानीयले जागरुकता सम्बन्धी कुनै कार्यक्रम गरेका छैनन् ।