२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

बसडिलवा शिव मन्दिरमा भोलेनाथको मूर्ति प्राण–प्रतिष्ठा

बुधवार , फाल्गुण १४, २०८१

भैरहवा, १४ फागुन । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ बसडिलवास्थित ऐतिहासिक शिव मन्दिर परिसरमा भोलेनाथको मूर्ति प्राण–प्रतिष्ठा गरिएको छ । मन्दिर परिसरमा रहेको पोखरीमा समाजसेवी अमित कुमार गुप्ता र भुमिराज कुँवर परिवारद्वारा स्थापना गरिएको मूर्ति महाशिवरात्री पर्वको अवसरमा सोमबार विधिपूर्वक प्राण–प्रतिष्ठा गरिएको हो । मूर्ति ५ फिट अग्लो छ ।

जयसवाल सेवा समिति रुपन्देहीका अध्यक्ष समेत रहेका युवा समाजसेवी अमित कुमार गुप्ताले प्राचीन शिव मन्दिर परिसरमा भगवान भोलेनाथको मूर्ति प्राण–प्रतिष्ठा गर्ने अवसर दिएको भन्दै मन्दिर व्यवस्थापन समितिलाई धन्यवाद दिएका छन् । साथै उनले मूर्ति प्राण–प्रतिष्ठा कार्यक्रममा उपस्थिति हुने सबैमा धन्यवाद दिएका छन् ।

481307030_1309364406924095_7556032099644697221_n.jpg
480795842_1309353463591856_3339575667141702659_n.jpg
480952468_1309362296924306_5122864786380613267_n.jpg

सिद्धार्थनगर नगरपालिका–८ बसडिलवास्थित ऐतिहासिक शिव मन्दिरमा महाशिवरात्रीमा विशेष मेला लाग्ने गर्छ । भेलामा घुइँचो लाग्ने गरेको छ । सिद्धार्थनगरसहित विभिन्न पालिकाबाट भक्तजनहरु मन्दिरमा पूजाअर्चनाका लागि आउने गरेका छ । मन्दिरमा भारतबाट पनि भक्तजनहरु आउने गरेको मन्दिर व्यवस्थापन समितिको भनाइ छ ।

बुधबार (आज) महाशिवरात्री पर्व मनाइँदैछ । हिन्दू धर्ममा महाशिवरात्री पर्वको विशेष महत्व रहेको छ ।