२०८२, भाद्र ९ गते

Aug 25 2025 | २०८२, भाद्र ९ गते

बसडिलवा शिव मन्दिरमा दर्शनार्थीको घुइँचो (तस्वीरहरु)

बुधवार , फाल्गुण १४, २०८१

  • 748
    Shares
  • 748
    Shares
  • भैरहवा, १४ फागुन । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–८ बसडिलवास्थित शिव मन्दिरमा बुधबार दर्शनार्थीको घुइँचो लागेको छ । मन्दिरमा बिहानैदेखि घुइँचो लागेको हो । शिव मन्दिरमा पूजाआजा गर्न श्रद्धाजु भक्तजनहरु बिहानै ३ बजेदेखि लाइन लागेका छन् । महाशिवरात्री पर्वमा प्रत्येक वर्ष यहाँ मेला लाग्दै आएको छ ।

    बुधबार बिहान शिव मन्दिरदेखि भैरहवा–लुम्बिनी सडकखण्डसम्म श्रद्धालु भक्तजनहरुको उपस्थिति देखिएको सिद्धार्थनगर नगरपालिका–८ का कृष्ण मल्ल ठकुरीले बताए ।

    मन्दिर सञ्चालक समितिका अध्यक्ष पशुपति न्यौपानेले विगत १५ दिनदेखि मन्दिरमा पूजाआजा तथा मेलाका लागि तयारी गरिएको जानकारी दिए । शिव मन्दिरमा नेपालबाट मात्र नभइ भारतबाट पनि भक्तजनहरु आउने गरेको न्यौपानेले बताए । ‘७–८ सय मिटरसम्म दर्शनार्थीको लामो लाइन लागेको छ,’उनले भने ।

    मन्दिरमा आउने भक्तजनहरुलाई सहज रुपमा पूजाआजा गर्न सहज होस् भनेर सुरक्षा व्यवस्थापनमा नेपाल प्रहरीले सहयोग गरेको उनले बताए । साथै समितिले स्वयंसेवक समेत खटाएको उनले जानकारी दिए। 

    IMG_4478.JPG
    IMG_4494.JPG
    IMG_4505.JPG
    IMG_4421.JPG
    IMG_4493.JPG
    IMG_4482.JPG
    IMG_4429.JPG
    IMG_4462.JPG
    IMG_4471.JPG
    IMG_4432.JPG
    IMG_4511.JPG
    IMG_4443.JPG

    तस्विर : रबिन्द्र प्रताप गुप्ता/खबरपात्रो