२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

बिहीबार भैरहवामा पैगामे हक कान्फ्रेन्स हुँदै

बुधवार , फाल्गुण १४, २०८१

भैरहवा, १४ फागुन । रुपन्देहीको भैरहवामा फागुन १५ गते बिहीबार (भोली) पैगामे हक कान्फ्रेन्स हुने भएको छ । जुमला अराकिन दारुल ओलूम कादरिया अहलेसुन्नत शमसुल ओलूम ओमसतिया–४ बालापुर, रुपन्देहीको आयोजनामा उक्त कान्फ्रेन्स (सम्मेलन) हुने भएको हो ।

भैरहवाको डाडागाउँस्थित युनिक बैंक्वेटमा सम्मेलन हुने जुमला अराकिन दारुल उलूम कादरिया अहलेसुन्नत शमसुद उलूमका अध्यक्ष मुक्तार अहमद असरफीले बताए । उनका अनुसार दिउँसो छात्राहरुको दीक्षान्त समारोह हुनेछ । ‘साँझ ६ बजेदेखि कार्यक्रम सुरु हुने र राती ९ देखि १ बजेसम्म प्रवचन कार्यक्रम हुनेछ,’ उनले भने । धर्मगुरु मुफती डाक्टर शहरेयार रजा कादरीको प्रमुख आतिथ्यता तथा लियाकत हुसेन कादरीको सञ्चालनमा सम्मेलन हुनेछ । डा. शहरेयार रजा कादरी भारतबाट आउनेछन् । 

सम्मेलनमा शायेरे इस्लाम सरफराज नुरी, ओल्माएकराम, शायेरे एजाम तशरीफ लगायतको उपस्थित रहने उनले बताए । अध्यक्ष मुक्तारले सम्मेलनमा सहभागी हुनेको जीवनमा राम्रो प्रभाव पर्ने विश्वास व्यक्त गरेका छन् ।

कक्षा १ देखि १२ सम्म पढाइ हुने जुमला अराकिन दारुल ओलूम कादरिया अहलेसुन्नत शमसुल ओलूममा रुपन्देहीसँगै भारतबाट पनि विद्यार्थीहरु अध्ययन गर्न आउने गरेका छन् ।

सम्मेलनमा ३ हजार बढीको सहभागीता हुने आयोजकको अनुमान छ ।