२०८२, आषाढ २७ गते

Jul 11 2025 | २०८२, आषाढ २७ गते

मदिरा व्यवसायी संघ भैरहवाद्वारा शिव मन्दिरमा निःशुल्क स्वास्थ्य शिविर

बुधवार , फाल्गुण १४, २०८१

भैरहवा, १४ फागुन । मदिरा व्यवसायी संघ भैरहवा, रुपन्देहीले भैरहवामा निःशुल्क स्वास्थ्य शिविर गरेको छ । बुधबार सिद्धार्थनगर नगरपालिका–८ बसडिलवास्थित शिव मन्दिर अगाडी शिविर सम्पन्न गरिएको कार्यक्रम संयोजक एवं कार्यसमिति सदस्य चिरञ्जीवी भट्टराईले बताए ।

संघको वार्षिक कार्ययोजना अन्तर्गत महाशिवरात्री पर्वको समेत अवसर पारेर एकदिने शिविर गरिएको अध्यक्ष बाबुराम पाण्डेयले बताए । अध्यक्ष पाण्डेयका अनुसार शिविरमा ३५० जना बढीको रक्तचाप, मधुमेह (सुगर) लगायतको स्वास्थ्य परीक्षण गरिएको थियो । ‘वि.सं. २०७७ सालमा स्थापना भएको मदिरा व्यवसायी संघ भैरहवाले रक्तदान, मानव सेवा आश्रममा सहयोग, शिविर लगायत विभिन्न सामाजिक कार्य गर्दै आएको छ, ’उनले भने ।

शिविरको एक कार्यक्रमकाबीच उद्घाटन गर्दै प्रमुख अतिथि शिव मन्दिर सञ्चालक समितिका अध्यक्ष पशुपति न्यौपानेले मदिरा व्यवसायी संघ भैरहवाले सराहनीय कार्य गरेको बताए । ‘यस्तो महत्वपूर्ण पर्वको समयमा मेलाको समेत शोभा बढाउनुभएको छ’उनले भने–आगामी दिनमा पनि स्वास्थ्य शिविरलाई निरन्तरता दिनुपर्छ ।’

IMG_4390.JPG

मदिरा व्यवसायी संघ भैरहवाका संस्थापक अध्यक्ष केशवराज ज्ञवालीले संघले राहत वितरणदेखि स्वास्थ्य शिविरसम्मका कार्यक्रमहरु गर्दै आएको बताए । उनले भने, ‘संघले बढी भन्दा बढी सामाजिक कार्य गर्दै आएको छ ।’

संघका सल्लाहकार खिम बहादुर खत्रीले संघले प्रत्येक वर्ष स्वास्थ्य शिविर गर्दै आएको बताए । उनले सामाजिक कार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । संघका महासचिव यादव पोख्रेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

भीम अस्पताल भैरहवा, लुम्बिनी डाइनोष्टिक एण्ड प्याथ र अनमोल फार्मा प्रा.लि. सिद्धार्थनगर नगरपालिका–८ लुम्बिनीरोड, भैरहवाको सहयोगमा शिविर भएको आयोजकले जनाएका छन् । शिविर आयोजना गर्न दिलिप जि.सी.ले स्थान उपलब्ध गराएका थिए ।

IMG_4417.JPG

IMG_4412.JPG