२०८२, भाद्र ९ गते

Aug 25 2025 | २०८२, भाद्र ९ गते

लोकतान्त्रिक महिला संघको उपाध्यक्षमा विजया केसी, लुम्बिनीबाट को–को भए मनोनित ?

बुधवार , फाल्गुण १४, २०८१

  • 7.2K
    Shares
  • 7.2K
    Shares
  • भैरहवा, १४ फागुन । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) निकट लोकतान्त्रिक महिला संघको केन्द्रीय उपाध्यक्षमा विजया केसी रावल मनोनित भएकी छन् । रुपन्देहीको भैरहवा निवासी उनलाई संघकी केन्द्रीय अध्यक्ष मिनु कुमारी ठाकुरले सोमबार मनोनित गरेकी हुन् । संघको संशोधित विधान अनुसार मनोनयन गरिएको हो ।

    त्यस्तै उपाध्यक्षमा कान्ती यादव (पश्चिम नवलपरासी), केन्द्रीय सदस्यमा जलेखा खातुन (पश्चिम नवलपरासी), सरोज कुमारी पाल (रुपन्देही) र कन्यावती उपाध्याय (कपिलवस्तु) मनोनित हुनुभएको लोसपाका केन्द्रीय सदस्य मोहम्मद इस्लाम खाँले बताए । लुम्बिनी प्रदेश अन्तर्गत बाँकी अन्य जिल्लाबाट पछि थप गरिने खाँले जानकारी दिए ।