
बिहिवार , फाल्गुण १५, २०८१
भैरहवा, १५ फागुन । श्री दुर्गा सामुदायिक सेवा केन्द्र सिद्धार्थनगर–३, ५ र ६ (सामुदायिक प्रहरी) को आयोजनामा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ दुर्गाकलोनीस्थित श्री दुर्गा मन्दिरमा रुद्राभिषेक पूजासहित भण्डारा कार्यक्रम सम्पन्न भएको छ ।
मन्दिरमा अवस्थित शिवालयमा बुधबार भव्य पूजासहित भण्डारा गरिएको श्री दुर्गा सामुदायिक सेवा केन्द्रका अध्यक्ष अजय कुमार गुप्ताले बताए । गत वर्षझै यस वर्ष पनि महाशिवरात्री पर्वको अवसरमा कार्यक्रम गरिएको अध्यक्ष गुप्ताले जानकारी दिए ।
भण्डारा कार्यक्रममा रेड विंग्स रेष्टुरेण्टका सञ्चालक तथा दुर्गा सामुदायिकका आजीवन सदस्य विजयचन्द ठकुरीले सहयोग गरेका थिए । त्यस्तै रुद्राभिषेक पूजा अजय कुमार गुप्ता र उनको पत्नी विनिता गुप्ताले गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij