
बिहिवार , फाल्गुण १५, २०८१
भैरहवा, १५ फागुन । बसडिलवा गाईजले महाशिवरात्री पर्वको अवसरमा लाग्ने मेलामा निःशुल्क पानी तथा गुड वितरण वितरण गरेको छ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–८ बसडिलवास्थित शिव मन्दिर परिसरमा बुधबार लागेको मेलामा आएका दर्शनार्थीहरुलाई पानी तथा गुड वितरण गरिएको बसडिलवा गाईजका संरक्षक कृष्ण मल्ल ठकुरीले बताए । बुधबार मेलामा आएका १ हजार बढीलाई पानी तथा गुड वितरण गरिएको उनले जानकारी दिए ।
निःशुल्क पानी तथा गुड वितरण कार्यक्रममा बसडिलवा गाईजका संस्थपक अध्यक्ष सन्दिप प्रधान, उपाध्यक्ष भिम भण्डारी, सचिव शक्ति क्षेत्री, सदस्य अर्जुन कार्की, कुमार पौड्याल, दिलिप जि.सी. सन्तोष भुसाल लगायतको उपस्थिति थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij