२०८३, भाद्र २९ गते

Sep 14 2026 | २०८३, भाद्र २९ गते

महिलाको अधिकार सुनिश्चित गर्न सरकार प्रतिबद्ध:मन्त्री सुडी

बिहिवार , फाल्गुण १५, २०८१

  • 1.0K
    Shares
  • 1.0K
    Shares
  • काठमाडौं, १५ फागुन ।महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीले महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मुलन गर्ने महासन्धी (सिड) कमिटीमा नेपाल सरकारले प्रस्तुत गरेको सातौं आवधिक प्रतिवेदन कार्यान्वयन गर्न प्रतिवद्ध रहेको बताएका छन । 

    बिहीबार महिला, कानुन र विकास मञ्चले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नेपाल सरकार राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिबद्धताहरूको कार्यान्वयनका लागि सधै तत्पर र प्रतिवद्धत रहेको बताए ।जेनेभामा फेब्रुअरी ३–५ सम्म भएको सिडको ९० औं सत्रमा नेपालको तर्फबाट ३ वटा प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

    मन्त्री सुडीले महिला समानता र विकाससम्बन्धी सबै पक्षहरू समेटी संयुक्त राष्ट्र संघको महासभाले पारित गरेको महिला महासन्धि महत्वपूर्ण अन्तर्राष्ट्रिय दस्तावेज भएको उल्लेख गरे । कार्यक्रममा महिला आयोगकी अध्यक्ष कमला पराजुलीले सिड कमिटीमा पुरक प्रतिवेदनमा महिलाका धेरै कुरा समेटिएको बताए ।

    यसैगरी मानवअधिकार आयोगकी सदस्य डा. लिली थापाले सरकारले प्रस्तुत गरेको सातौं आवधिक प्रतिवेदन विगतभन्दा प्रगतिशील रहेको धारणा राखे ।