
बिहिवार , फाल्गुण १५, २०८१
काठमाडौं, १५ फागुन ।राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले बहुल राष्ट्रिय चरित्रको देश बनाउन आन्दोलन र संघर्ष गर्ने बताएका छन्।
हालै सम्पन्न पार्टीको केन्द्रीय कार्यसमिति बैठकका निर्णय सार्वजनिक गर्न बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष महतोले देशका शासकहरुमा एकल नश्लिय चरित्र देखापरेको भन्दै बहुल राष्ट्रिय चरित्रको देश बनाउन आन्दोलन र संघर्ष गर्ने बताए ।आन्दोलनका लागि समान धारणा र बिचार मिल्ने पार्टी र संगठनहरुसंग बृहत मोर्चाबन्दी गर्ने निर्णय गरिएको उहाले बताउनुभयो । उहाले कांग्रेस, एमाले र माओवादीका कारण देश असफलतर्फ उत्मुख रहेकाले देशलाई बैकल्पिक शक्ति आवश्यक रहेको धारणा राखे ।
अध्यक्ष महतोले देशमा बिभिन्न स्थानमा देखिएका समस्या समाधान गर्नुको साटो राज्यले अध्याधिक दमन गरेको र समूदायबीच नै बिभाजन पैदा गर्न खोजेको तर्क गरे । पाथीभरा केबलकार निर्माणका क्रममा भएको विवादमा राज्यको दमन स्वीकार्य नभएको भन्दै महतोले सरकारको रवैयाविरुद्ध संघर्षमा आउन आह्वान गरे ।
बैठकले पार्टीका सवै केन्द्रीय सदस्यहरुलाई १५ दिनभित्र सम्पती विवरण भरि केन्द्रीय कार्यालयमा बुझाउन निर्देशन दिएको छ भने चैत्र १ गतेदेखि बैंशाख १५ गतेसम्म संगठन विस्तार अभियान सञ्चालन गर्ने निर्णय भएको अध्यक्ष महतोले बताए।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij