२०८३, आषाढ ३२ गते

Jul 16 2026 | २०८३, आषाढ ३२ गते

शिव मन्दिरमा रुद्राभिषेक पूजा तथा भण्डारा

बिहिवार , फाल्गुण १५, २०८१

  • 1.2K
    Shares
  • 1.2K
    Shares
  • भैरहवा, १५ फागुन । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ गल्लामण्डीस्थित शिव मन्दिरमा रुद्राभिषेक पूजा गरिएको छ ।

    महाशिवरात्री पर्वको दिन (बुधबार) पूजा गरिएको शिव मन्दिर समितिका अध्यक्ष अजय सोनीले बताए । ‘मन्दिरमा रुद्राभिषेक पूजा तथा भण्डारा गरिएको छ, विगत ३ वर्षदेखि यो कार्यक्रम गर्दै आएका छौं’उनले भने–आगामी दिनमा पनि यसलाई निरन्तरता दिदै जानेछौं ।’ 

    भण्डारा कार्यक्रम युवा समाजसेवी तथा जयसवाल सेवा समिति रुपन्देहीका अध्यक्ष अमित कुमार गुप्ताको सहयोगमा सम्पन्न भएको थियो ।  

    भक्तजनहरुको उल्लेख्य उपस्थिति रहेको कैलाश गुप्ताले बताए ।