२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलद्वारा प्रकृति लम्सालको परिवारसँग भेटघाट

शुक्रवार , फाल्गुण १६, २०८१

भैरहवा, १६ फागुन । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेलले भारतमा मृत भेटिएकी भैरहवाकी प्रकृति लम्सालको परिवारसँग भेटघाट गरेका छन् । शुक्रबार सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ स्थित लम्साल निवासमा पुगेर पोखरेलले स्वर्गीय प्रकृति लम्सालप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारमा समवेदना प्रकट गरेका छन् । उनले घटनाप्रति दुःख व्यक्त गर्दै दोषीमाथि कारवाहीका लागि सरकारले कुटनीतिक पहल गरेको बताए ।

वरिष्ठ उपाध्यक्ष पोखरेलसँगै एमाले निर्वाचन आयोगका केन्द्रिय सदस्य भरत कुमार पोखरेल, पार्टीको रूपन्देही जिल्ला उपाध्यक्ष हितराज पन्थी, सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारी, एमालेका जिल्ला सदस्यहरु श्री बहादुर रायमाझी, थानेश्वर पौडेल, लक्ष्मी केसी, सिद्धार्थनगर नगर उपाध्यक्ष माया कंडेल, सचिव उमेश थापा लाटो मगर, नेता जीवलाल अर्याल, अनेरास्ववियु केन्द्रीय सदस्य सागर न्यौपाने,वडा सदस्य थानेश्वर पाण्डे (प्रकाश) लगायत लम्साल निवास पुगेका थिए ।

भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत २१ वर्षिय प्रकृति लम्साल त्यहाँको होस्टेलमा मृत भेटिएकी थिइन् ।