२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

गुण्डीमा विष्णु महायज्ञ सुरु, पूर्व सांसद् यादवद्वारा उद्घाटन

शुक्रवार , फाल्गुण १६, २०८१

भैरहवा, १६ फागुन । रूपन्देहीको मायादेवी गाउँपालिका वडा नम्बर ४ स्थित गुण्डीमा शुक्रबारदेखि श्री श्री विष्णु महायज्ञ सुरू भएको छ । महायज्ञको रुपन्देही क्षेत्र नम्बर ४ का पूर्व प्रतिनिधि सभा सदस्य प्रमोद कुमार यादवले उद्घाटन गरेका हुन् । सो अवसरमा पूर्व सांसद् यादवले धर्म–संस्कृतिको संरक्षण अपरिहार्य रहेकोमा जोड दिए । उनले महायज्ञले धर्म–संस्कृतिको संरक्षणमा सहयोग पुग्ने बताए । 

विष्णु महायज्ञ समितिका अध्यक्ष हरिलाल यादवको अध्यक्षतामा भएको महायज्ञ उद्घाटन समारोहमा विष्णु महायज्ञको उदघाटन समारोहमा पूर्व प्रदेश सभा सदस्य अष्टभुजा पाठक, जनमत पार्टीका केन्द्रीय सदस्य संजय कुमार मिश्र, नेपाली काँग्रेसका नेता जयचन्द यादव, विशाल चौधरी, रत्नेश यादव, मानवअधिकारकर्मी अग्नी शक्ति यादव लगायतको उपस्थिति थियो । 

WhatsApp Image 2025-02-28 at 8.07.22 PM.jpeg