२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

स्ववियू निर्वाचन : लोविसंघ अनुशासन समितिको सदस्यमा देवान

शुक्रवार , फाल्गुण १६, २०८१

भैरहवा, १६ फागुन । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) निकट लोकतान्त्रिक विद्यार्थी संघ (लोविसंघ) ले आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचनका लागि अनुशासन समितिको जिम्मेवारी तोकेको छ । 

अनुशासन समितिको सदस्यमा रुपन्देहीका जैनुद्दीन देवानलाई जिम्मेवारी दिइएको छ । देवान लोविसंघका केन्द्रीय सचिव हुन् । उनलाई लोविसंघका केन्द्रीय अध्यक्ष रोशन कुमार मिश्रले जिम्मेवारी प्रदान गरेका हुन् ।

अध्यक्ष मिश्रले लोविसंघका केन्द्रीय उपाध्यक्ष सुरेश मण्डललाई अनुशासन समितिको संयोजकको जिम्मेवारी दिएका छन् । मण्डलको संयोजकत्वमा ३१ सदस्यीय अनुशासन समिति बनाइएको छ ।