
शनिवार , फाल्गुण १७, २०८१
रुपन्देही, १७ फागुन । रुपन्देहीको मायादेवी गाउँपालिका–२ मा एकजना युवक रगताम्य अवस्थामा मृत फेला परेका छन् । मायादेवी–२ डञ्चहवाका २९ वर्षिय राकेश सिंह लोध रगताम्य अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रंजित सिंह राठौरले जानकारी दिए ।
मृतक लोधको टोउकोमा गम्भिर चोट रहेको एसपी राठौरको भनाइ छ । प्रहरीले लोधको हत्या भएको हुने सक्ने जनाएको छ । प्रहरीका अनुसार लोधको आफ्नो दाईसँग अंशबण्डा लफडा रहेको थियो । स्थानीयले भने लोधलाई गोली हानेर हत्या गरेको जनाएका छन् ।
२९ वर्षिय अविवाहित लोध घरमा एक्लै बस्दै आएका थिए । उनका बुवाआमा तथा दाजुभाइ अन्यत्रै बस्दै आएका छन् । प्रहरीले घटनाको प्रारम्भिक अनुसन्धान सुरु गरेको जनाएको छ । प्रहरीका अनुसार घटना बिहान साढे ७ बजेतिरको हो ।
प्रहरीले बिहान ८ जानकारी पाएपछि घटनास्थल पुगेको जनाएको छ । प्रहरीले रगताम्य अवस्थामा लोधको शव फेला पारेको थियो । दाजुभाईबीच अंश मुद्वामा लफडा चलेपछि उनीहरुबीच अंश विवादमा अदालतमा मुद्वा समेत चलेको पारिवारिक श्रोतले जनाएको छ ।
घटनापश्चात लोधका दाजु फरार रहेको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान र मृतकका दाजुको खोजी एकसाथ जारी राखेको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij