२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

तोकिएको समयभित्रै काँग्रेसको महाधिवेशन गर्नुपर्छ : शेखर कोइराला

शनिवार , फाल्गुण १७, २०८१

रुपन्देही, १७ फागुन । नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले २०८२ भित्रै पार्टीको १५ औं महाधिवेशन सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन् । कांग्रेस रुपन्देही क्षेत्र नम्बर ३ को आयोजनामा भैरहवामा हुने कार्यक्रमलाई सम्बोधनका लागि शनिबार भैरहवा आएका नेता कोइरालाले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै ८२ भित्रै महाधिवेशन गर्नुपर्नेमा जोड दिएका हुन् ।

उनले महाधिवेशन पूर्व गर्नुपर्ने सदस्यता नविकरण, नयाँ क्रियाशील सदस्यता वितरण लगायतका काममा भएको ढिलाइप्रति चिन्ता व्यक्त गरे । नेता कोइरालाले ८२ भित्र पार्टीको महाधिवेशन सकेर ८४ को आम निर्वाचनमा एकताबद्ध भएर काँग्रेसलाई विजयी बनाउने गरी अगाडि बढ्नुपर्नेमा बताए । १५ औं महाधिवेशनका लागि आफू पार्टी सभापतिको उम्मेदवार रहेको बताउँदै त्यहीअनुरुप अगाडि बढेको बताए । 

एक फरक प्रसंगमा सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको उनले बताए । वर्तमान सरकारलाई असफल हुने छुट पनि नभएको भन्दै नेकपा (एमाले) सँग सहकार्य गरेर काम गर्नुपर्ने बताए । 
सो अवसरमा पार्टीका नेता–कार्यकर्ताले तोकिएको समयभित्रै १५ औं महाधिवेशन सम्पन्न गर्न दबाबस्वरुप १५ किलोको माला समेत लगाइदिएका थिए । 

WhatsApp Image 2025-03-01 at 11.10.41 PM.jpeg