२०८३, बैशाख ५ गते

Apr 18 2026 | २०८३, बैशाख ५ गते

प्रकृतिको परिवारलाई भेटेपछि डा.शेखरले भने–घटनालाई गम्भीर रुपमा लिएका छौं

आइतवार , फाल्गुण १८, २०८१

  • 1.1K
    Shares
  • 1.1K
    Shares
  • भैरहवा, १८ फागुन । नेपाली कांग्रेस नेता डा. शेखर कोइरालाले भारतको उडिसा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) कलेजमा निधन भएकी प्रकृति लम्सालको परिवारलाई भेटेका छन् । कोइरालाले रुपन्देहीको भैरहवास्थित लम्साल निवास पुगेर शनिबार प्रकृतिको परिवारसँग भेट गरेका हुन् ।

    प्रकृतिको मृत्यु घटनालाई सरकार र कांग्रेसले अत्यन्तै गम्भीर रुपमा लिएको भन्दै उनले घटनाको निष्पक्ष छानबीन गरी दोषीलाई हदैसम्मको कारबाही गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गरिसकेको उनले बताए ।कोइरालाले उक्त कलेजमा अध्ययनरत सम्पूर्ण नेपाली विद्यार्थीहरुलाई सहजतापूर्वक होस्टेलमा फर्कने, बस्ने वातावरण र अध्ययनका लागि आवश्यक पहल भइरहेको पनि बताए ।

    लम्सालको परिवारलाई भेट्न नेता कोइरालासहित कांग्रेस सह–महामन्त्री जीवन परियार, सांसद् सुरेन्द्र आचार्य, लुम्बिनी प्रदेशका पर्यटनमन्त्री प्रचण्डविक्रम न्यौपाने, कांग्रेस लुम्बिनी प्रदेश महामन्त्री विक्रम खनाल,  बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय लम्साल निवास पुगेका थिए ।