
आइतवार , फाल्गुण १८, २०८१
बुटवल, १८ फागुन । ब्रिटिस एजुकेसन ग्रुपको व्यवस्थापन र विश्वविख्यात क्याम्ब्रिज युनिभर्सिटी युकेको सम्बन्धनमा सञ्चालित ब्रिटिस ग्रामर स्कूल रुपन्देही (नमस्ते एकडेमीमा) को कक्षा ५ मा अध्ययनरत विद्यार्थीहरु यसै वर्षको अन्त्यमा हुने क्याम्ब्रिज युनिभर्सिटी (मे–जुन) क्याम्ब्रिज चेक पोइन्ट परीक्षामा सहभागी हुने भएका छन् ।
शनिबार विद्यालयमा आयोजित क्याम्ब्रिज इन्फो सेसन तथा अभिभावक अभिमुखीकरण कार्यक्रममा सो कुराको जानकारी गराइएको हो । इन्फोसेसनमा क्याम्ब्रिज किन र यसको उद्देश्य लगायतका विषयमा अस्ट्रियन प्रशिक्षक बियान्का बर्मर, ब्रिटिस एजुकेसन ग्रुपका उपाध्यक्ष पउल क्लिप्स (भिडियो सन्देशमार्फत) स्कूल हेड अरुण कुमार कंडेल, प्राचार्य दिलबहादुर बुढाथोकी लगायतले कक्षा १ देखि ७ सम्मका अभिभावकलाई प्रशिक्षणसहित अभिमुखीकरण गरेका थिए ।
अभिमूखीकरण कार्यक्रममा प्रशिक्षक बियान्का बर्मरले क्याम्ब्रिज करिकुलम संसारको सबैभन्दा उत्कृष्ट, विश्वबजारमा बिक्न सक्ने, समाजसापेक्ष र बालमैत्री करिकुलम भएको बताइन् । विद्यालयले सन २०२२ देखि क्याम्ब्रिज युनिभर्सिटीको स्कूल पाथवय कार्यक्रम कक्षा १ देखि ७ सम्म सञ्चालन गरेको र सो अत्यन्तै प्रभावकारी रहेको विद्यालयका क्यामबिज्र सपोर्ट हेड कोर्डिनेटर लिलामणि पाण्डेले जानकारी गराए ।
विद्यालयले क्रमिक रुपमा आगामी वर्षदेखि कक्षा ८ हुँदै १० कक्षा सम्मका इच्छुक विद्यार्थीहरुलाई कार्यक्रममा सहभागी गराउँदै लैजाने विद्यालयको नीति रहेको ब्रिटिस एजुकेसन ग्रुपका स्कुल्स हेड अरुण कुमार कंडेलले आयोजित कार्यक्रममा जानकारी दिए ।
क्याम्ब्रिज करिकुलम, यसको प्रभाव र विद्यालयको आगामी रणनीतिका बारेमा विद्यालयका प्राचार्य दिलबहादुर बुढाथोकीले बताए । क्याम्ब्रिज इन्फोसेसनमा विभिन्न कक्षाका विद्यार्थीले क्याम्ब्रिज करिकुलमले आफ्नो जीवन, शैक्षिक क्रियाकलापलाई के कस्तो प्रभाव पारेको छ अनि यसका सबल पक्षका बारेमा आफ्ना अनुभव शेयर गरेका थिए । त्यस्तै कक्षा १ देखि ७ सम्मका अंग्रेजी, गणित र विज्ञानका शिक्षकले आफ्नोतर्फबाट गरिएका शैक्षणिक क्रियाकलाप र यसले विद्यार्थी तथा अभिभावकलाई पारेको प्रभावका बारेमा चर्चा गरेका थिए ।
क्याम्बिज इन्फो सेसनमा अभिभावकहरुले क्याम्ब्रिज करिकुलमले विद्यार्थीमा सृजनात्मक सोच, नवप्रवद्र्धन, तीव्र निर्णय क्षमता र जीवनउपयोगी शिक्षण कार्यमा सरिक गराएकोमा प्रसन्नता व्यक्त गरे । अभिभावक गौतम भुसाल र भगवती वेलवासे पोखरेलले ब्रिटिस ग्रामर स्कूलले घरदैलोमा अन्तर्राष्ट्रियस्तरको करिकुलम पढाएर आफ्ना नानीबाबुको भविष्य उज्ज्वल बनाउन लागिपरेकाले सबै अभिभावकले मन, मुटुबाट विद्यालयलाई साथ दिनुपर्ने धारणा राखे ।
ब्रिटिस एजुकेसन ग्रुपका स्कुल्स हेड अरुणकुमार कंडेलको अध्यक्षता संस्थापक अध्यक्ष तथा निर्देशक विष्णुप्रसाद भुसालको प्रमुख आतिथ्यतामा भएको अभिमूखीकरण कार्यक्रममा विद्यालयकी निर्देशक पुष्पा कंडेल, सञ्चालक श्यामलाल खरेल, व्यवस्थापक उमेश कंडेल लगायतको उपस्थिति रहेको थियो ।
बीचबीचमा साँस्कृतिक झलकहरु समेत प्रस्तुत गरिएको यस इन्फोसेसन तथा अभिमुखीकरण कार्यक्रमले विद्यार्थी, शिक्षक, अभिभावक र विद्यालय सञ्चालककाबीचमा एकाकार विचार निर्माण भइ संस्थाको गुणस्तर वृद्धिमा टेवा पुग्ने विद्यालयका संस्थापक प्राचार्य राजेन्द्र कुँवरले सगौरव बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij