२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

लोविसंघ रूपन्देहीको अध्यक्षमा अमन बनिया

आइतवार , फाल्गुण १८, २०८१

भैरहवा, १८ फागुन । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेपाल निकट लोकतान्त्रिक विद्यार्थी संघ (लोविसंघ) जिल्ला कार्यसमिति रुपन्देहीको अध्यक्षमा अमन बनिया चयन भएका छन् । जिल्लास्तरीय भेलाले बनियाको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको लोविसंघका केन्द्रीय सचिव जैनुद्दीन देवानले बताए ।

लोविसंघको जिल्ला उपाध्यक्षमा भूपेन्द्र भट्ट, सचिवमा रोनक श्रीवास्तब (अभिलाष) र कोषाध्यक्षमा सुशीला यादव चयन भएका छन् । त्यस्तै सदस्यहरुमा रम्भा गुप्ता, अनदीप यादव, कमरान अली, मुन्नी जैसवाल, रामनाथ गुप्ता, ओक्कार युनुस, सुदामा थारु, राजन कोहार, प्रविण कुमार चौधरी थारु, मनिष हरिजन, फूलचन्द्र हरिजन, इन्द्रमणि यादव र विजयकुमार बरई चयन भएका छन् ।

अध्यक्ष बनियाले मुलुकको विद्यार्थी आन्दोलनलाई थप उचाईमा पुर्याउन र विद्यार्थी हकहितका लागि संगठनले जिल्लाभर अभियानमूलक कार्यक्रम गर्ने बताए ।