२०८२, भाद्र १० गते

Aug 26 2025 | २०८२, भाद्र १० गते

सिद्धार्थनगर सुनचाँदी व्यवसायी संघद्वारा क्रिकेटर तृष्णा विश्वकर्मालाई सम्मान

आइतवार , फाल्गुण १८, २०८१

  • 322
    Shares
  • 322
    Shares
  • भैरहवा, १८ फागुन । क्रिकेटर तृष्णा विश्वकर्मालाई रुपन्देहीको भैरहवामा सम्मान गरिएको छ । नेपाली यू–१९ महिला टोलीकी सदस्य विश्वकर्मालाई नेपाललाई विश्वकपमा पुर्याउन महत्वपूर्ण योगदान गरेको भन्दै शनिबार भैरहवामा एक कार्यक्रमबीच सिद्धार्थनगर सुनचाँदी व्यवसायी संघ, रुपन्देहीले नगदसहित सम्मान गरेको हो । रुपन्देहीको ओमसतिया गाउँपालिका–१ निवासी विश्वकर्मालाई संघले ३५ हजार ५ सय रुपैयाँ नगदसहित प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान गरेको संस्थाका प्रथम उपाध्यक्ष सुनिल सेन्चुरीले जानकारी दिए । 

    विश्वकर्मालाई सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारी, नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व केन्द्रिय उपाध्यक्ष प्रेम कुमार सेन्चुरी, पूर्व प्रदेश उपाध्यक्ष विक्रम सुनार, प्रदेश सदस्य प्रकाशमणि विश्वकर्मा, नगर अध्यक्ष राजन रसाइली, संघका प्रथम उपाध्यक्ष सुनिल सेन्चुरी र महासचिव गणेश विश्वकर्माले सम्मान गरे ।

    विश्वकर्मा सम्मलित नेपाली राष्ट्रिय महिला टीमले केही महिना अघि युएईमा सम्पन्न यू–१९ विश्वकप छनोट खेलमा जीत निकाल्दै नेपाललाई विश्वकपमा पुर्याएको थियो । सम्मानित भएपछि विश्वकर्माले आफूले आफ्नो टीमको जीतका लागि सधै प्रयास गर्दै आएको र विश्वकपमा पनि अझ राम्रो गर्ने बताइन् । यस्ता सम्मानले आफूलाई हौसला मिलेको क्रिकेटर विश्वकर्माको भनाइ छ ।