२०८२, फाल्गुण ९ गते

Feb 21 2026 | २०८२, फाल्गुण ९ गते

प्रेस चौतारी नेपाल लुम्बिनीको अध्यक्षमा पुनः पन्थी

आइतवार , फाल्गुण १८, २०८१

  • 1.0K
    Shares
  • 1.0K
    Shares
  • रुपन्देही, १८ फागुन । प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा पुनः शोभाकर पन्थी पुनः  निर्वाचित भएका छन् । शनिबार दाङको देउखुरीमा भएको दोस्रो अधिवेशनले पन्थीको अध्यक्षतामा ३३ सदस्य नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो ।

    प्रेस चौतारी लुम्बिनी प्रदेशको उपाध्यक्षमा दशरथ घिमिरे, महासचिवमा हरि अधिकारी, सचिवमा कृष्ण पोख्रेल, बेणीमाधव बस्याल, माधव कंडेल, जनक चौधरी, दीपक न्यौपाने, निता चौधरी र कोषाध्यक्षमा बिनोद भट्टराई निर्विरोध निर्वाचित हुनुभएको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष गणेश खनालले बताए ।

    नवनिर्वाचित अध्यक्ष, पदाधिकारीसहित सदस्यहरूलाई प्रेस चौतारी नेपालका केन्द्रिय अध्यक्ष गणेश बस्नेतले सपथ ग्रहण गराएका थिए ।

    सदस्यहरूमा नवराज शर्मा, वासुदेव न्यौपाने, शान्ता खनाल, रामबहादुर गन्धर्व, अजय वर्मा, यमकुमारी सुवेदी, नवराज ज्ञवाली, मनिष पन्थ, अजमद अलि सिद्दिकी, जयपति ढकाल, ज्ञानेन्द्र पोखरेल, लोकप्रसाद छन्त्याल, स्नेहा केसी, अराज बेलबासे, कमल विष्ट, माधव बेलबासे, गीताराम विष्ट, कुशल बस्याल, मरोज सल्मानी, ओरीराम चौरासिया, प्रमोद अर्याल, कृष्णराज पाण्डे, मित्र थापा, मोहन पौडेल, रबिन्द्र प्रताप गुप्ता, सुमित्रा बराल र शशि पन्थी रहेका छन् ।

    481141198_9670160449695825_8864896999976491885_n.jpg