२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

समाजसेवी गुप्तालाई साईकल सिटी भैरहवाको मानार्थ सदस्यता

आइतवार , फाल्गुण १८, २०८१

भैरहवा, १८ फागुन । युवा समाजसेवी तथा जयसवाल सेवा समिति, रुपन्देहीका अध्यक्ष अमित कुमार गुप्तालाई साईकल सिटी भैरहवा सिद्धार्थनगर–९, रुपन्देहीले मानार्थ सदस्यता प्रदान गरेको छ । बुद्ध ज्ञान साईकल यात्रा दोस्रो संस्करण–२०८१ को अवसरमा लुम्बिनीमा आयोजित कार्यक्रममा गुप्तालाई उक्त सम्मान प्रदान गरिएको हो । 

उनलाई प्रतिनिधि सभा सदस्य बासुदेव घिमिरेले मानार्थ सदस्यताको प्रमाणपत्र प्रदान गरेका हुन् । गुप्ता रुपन्देही नागरिक समाज सिद्धार्थनगरका अध्यक्ष समेत हुन् ।

‘अमित गुप्ताले गर्नुभएको सामाजिक कार्यको उच्च प्रशंसा गर्दै उहाँलाई मानार्थ सदस्यता प्रदान गरिएको हो, ’साईकल सिटी भैरहवाका अध्यक्ष सूर्य कुमार सारुमगरले भने ।

स्वास्थ्य, पर्यावरण र पर्यटनका लागि साईकल भन्ने मूल नाराका साथ स्थापना भएको साईकल सिटी भैरहवाले फागुन १६ र १७ गते रुपन्देही, नवलपरासी र कपिलवस्तुको बुद्ध परिपथमा साईकलद्वारा बुद्ध ज्ञान साईकल यात्रा दोस्रो संस्करण आयोजना गरेको थियो ।