
आइतवार , फाल्गुण १८, २०८१
बुटवल, १८ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले ठूला पार्टी मिलेर बनेको सरकारले आशा जगाउने कुनै काम नगरेको बताएका छन् । राप्रपा लुम्बिनी प्रदेशले शनिबार रुपन्देहीको बुटवलमा आयोजना गरेका बृहत आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले मुलुकलाई स्थायीत्व दिनका लागि भन्दै ठूला दल मिलेर बनेको सरकारको ७ महिनामा जनतामा आशा जगाउने कुनै काम गर्न नसकेको बताएका छन् ।
उनले यसअघिदेखि गर्दै आएको भ्रष्टाचारलाई संस्थागत र संरक्षण गर्ने तथा पहिले गरेको भ्रष्टाचारका कारण कारवाहीमा परिन्छ की भन्दै आवश्यक कानून बनाएर जोगिनका लागि वर्तमान गठबन्धन बनेको आरोप लगाए। उनले सरकार बन्नेबितिकै ल्याएको भ्रष्टाचार निवारण ऐनमा पाँच वर्षभित्र उजुरी दिइसक्नुपर्ने व्यवस्थाले पनि अगाडिको भ्रष्टाचारलाई संरक्षण गर्ने व्यवस्था गर्न खाजेको तर्क गरे ।
अध्यादेशबाट देश चलाउन खोज्ने प्रयास असफल हुन थालेपछि सत्तारुढ दलहरु सांसद किनेर अध्यादेश पास गराउने खेलमा रहेको उनले आरोप लगाए । उनले अब अहिलेको व्यवस्था कुनै हालतमा काम नलाग्ने धारणा राखे ।
उनले वर्तमान संघीयता असफल रहेको भन्दै प्रदेश व्यवस्था खारेज गर्नुपर्ने, संसदलाई पुनः समानुपातिक बनाउने, तथा निर्वाचित प्रधानमन्त्रीलाई दुई कार्यकालसम्म सीमित गर्नुपर्ने बताए । पूर्वउपप्रधानमन्त्री समेत रहेकाअध्यक्ष लिङ्देनले नेपालमा राजसंस्थाको पुनःस्थापना हुनुपर्ने तर, कार्यकारी अधिकार निर्वाचित प्रधानमन्त्रीलाई दिनुपर्ने धारणा राखे ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij