२०८२, भाद्र १३ गते

Aug 29 2025 | २०८२, भाद्र १३ गते

प्रकृति लम्सालको परिवारलाई भेट्न पुगे राप्रपा अध्यक्ष लिङ्देन

आइतवार , फाल्गुण १८, २०८१

  • 2.3K
    Shares
  • 2.3K
    Shares
  • भैरहवा, १८ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले भारतमा मृत भेटिएकी भैरहवाकी प्रकृति लम्सालको परिवारसँग भेटघाट गरेका छन् ।

    शनिबार सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ स्थित लम्साल निवासमा पुगेर अध्यक्ष लिङ्देनले स्वर्गीय प्रकृति लम्सालप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारमा समवेदना प्रकट गर्नुभएको राप्रपा रुपन्देहीका जिल्ला उपाध्यक्ष अजय कुमार गुप्ताले बताए ।अध्यक्ष लिङ्देनले घटनाप्रति दुःख व्यक्त गरेका थिए ।

    लम्साल परिवारले अबका दिनमा यस्ता घटना दोहारिन नहुने बताए । स्थानीय ज्ञानु पौड्याल र घनश्याम बेल्बासेले प्रकृति लम्सालले न्याय पाउनुपर्ने बताए ।

    अध्यक्ष लिङ्देनसहित उपाध्यक्ष विक्रम पाण्डे, प्रवक्ता ज्ञानेन्द्र शाही, राप्रपा लुम्बिनी प्रदेश संसदीय दलका नेता आशिष चौधरी, पार्टीको रुपन्देही जिल्ला अध्यक्ष सागर प्रताप राणा लगायत लम्साल निवास पुगेका थिए ।

    भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत २१ वर्षिय प्रकृति लम्साल त्यहाँको होस्टेलमा मृत भेटिएकी थिइन् ।

    481011770_9390116434434973_9051939361306854030_n.jpg