२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

रिद्धिसिद्धि फुटसल प्रतियोगिताको तयारी पूरा

बिहिवार , चैत्र ५, २०७७

बुटवल, ५ चैत । 
रुपन्देहीमा सर्वाधिक १ लाख राशीको रिद्धिसिद्धि फुटसल प्रतियोगिता २०२१ हुने भएको छ । सनराईज स्पोर्ट्स तिलोत्तमाको आयोजनामा चैत ६ र ७ गते दुई दिने भलवारीस्थित सनराईज स्पोर्ट्स फुटसल एरिनामा हुने प्रतियोगिताको तयारी पूरा भएको प्रतियोगिताका संयोजक राजेन्द्र केसीले बताए ।

प्रतियोगिताका उपाधि विजेतालाई नगद १ लाख १ हजार रुपैया, कप, मेडल, प्रमाणपत्र तथा उपविजेता टिमलाई नगद ५१ हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । त्यसै गरी प्रतियोगितामा बेष्ट गोलकिपर, हाई स्कोरर र सर्वोत्कृष्ट खेलाडीलाई नगद ५ हजार रुपैयाँसहित मेडल, कपबाट पुरस्कृत गरिने उनले बताए । 

प्रतियोगितामा काठमाडौं, चितवन, रुपन्देहीका स्मृति स्पोर्ट्स क्लब, युनिक फुटसल, ईन्टर स्पोर्ट्स क्लब, चरङे, लुम्बिनी फुटसल, एभेन्जर फुटसल क्लब लगायत १६ टिमको सहभागिता रहने सह–सहयोजक सचिन घिमिरेले बताए । फुटसल खेलाउने नियमहरुबारे खेलाडीलाई ज्ञानको अभावमा खेलाइदा समेत समस्या हुँदै आएको हुँदा ध्यान दिदा सहजता मिल्ने खेलाडीहरुको सुझाव छ । एभेन्जर र चरङेकाबीच उद्घाटन खेल हुनेछ ।