२०८३, बैशाख ५ गते

Apr 18 2026 | २०८३, बैशाख ५ गते

युनिभर्सल पब्लिकमा उद्घोषण तालिम

सोमवार , फाल्गुण १९, २०८१

  • 1.1K
    Shares
  • 1.1K
    Shares
  • भैरहवा, १९ फागुन । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–८ अञ्चलपुरमा अवस्थित युनिभर्सल पब्लिक हाई स्कूलले विद्यार्थीहरूका लागि उद्घोषण तालिम सम्पन्न गरेको छ । आइतबार स्कूलले कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरूको लागि तालिम सम्पन्न गरेको हो ।

    तालिमको समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि लुम्बिनी प्रेस क्लब, रुपन्देहीका अध्यक्ष कमल रायमाझीले विद्यार्थीहरूको क्षमता अभिवृद्धिको लागी विद्यालयले तालिम गर्नु एकदमै सकारात्मक कार्य भएको बताए । अध्यक्ष रायमाझीले अध्ययनका साथै साथै विद्यार्थीहरूलाई अतिरिक्त क्रियाकलापमा अगाडि बढाउन एकदमै जरुरी भएको बताए ।

    विद्यालयका प्रधानाध्यापक गोकुल पोखरेलले विद्यार्थीहरूलाई सीपसँग जोड्नका लागि उद्घोषण तालिमको आयोजना गरिएको बताए । पोखरेलले युनिभर्सल पब्लिककोसबैभन्दा सबल पक्ष भनेकै विद्यार्थीहरूको अनुशासन भएको जानकारी दिए । पोखरेलले भने, ‘हाम्रो विद्यालयको सबैभन्दा सबल पक्ष भनेकै अनुशासन हो, कक्षा १० उत्तीर्ण गरेर हाम्रा विद्यार्थीहरू जहाँ पढ्न पुगेका छन् उक्त विद्यालयबाट युनिभर्सलबाट आएका विद्यार्थीहरू धेरै अनुशासित भएको कुराहरू हामीले सुन्ने गरेका छौं ।’

    विद्यालयका उपप्रधानाध्यापक सुरज घिमिरेको संयोजनमा भएको तालिममा आइतबार पत्रकार एलिना आचार्यले विद्यार्थीहरूलाई प्रशिक्षण दिएकी थिइन् । शुक्रबार र आइतबार दुई दिनसम्म सञ्चालन भएको तालिममा २४ जना विद्यार्थीको सहभागीता रहेको विद्यालयले जनाएको छ ।