
सोमवार , फाल्गुण १९, २०८१
भैरहवा, १९ फागुन । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका प्रमुख (मेयर) इश्तियाक अहमद खाँले भैरहवामा रहेको जिल्ला कारागार स्थानान्तरणका लागि गृहमन्त्री रमेश लेखकसँग सम्वाद गरेका छन् । रुपन्देहको जिल्ला कारागार जिल्ला सदरमुकामस्थित सिद्धार्थनगर (भैरहवा) मा छ ।
घना बस्तीको बीचमा कारागार हुँदा विभिन्न समस्या भएको तथा नगरको सुन्दरतामा समेत नकारात्मक प्रभाव परेको भन्दै मेयर खाँले सोमबार स्थानान्तरण गर्न गृहमन्त्री लेखकसँग आग्रह गरेका हुन् । उनले कारागारको जग्गा नगरपालिकालाइ दिनुपर्ने र सोको सट्टा नगरपालिकाले कारागारलाई अन्यत्र जग्गा दिने जानकारी गृहमन्त्री लेखकलाई गराएका थिए ।
जवाफमा गृहमन्त्री लेखकले कारागारको नयाँ बन्ने भवनका लागि बजेटको सुनिश्चितता गरेर स्थानान्तरण गर्ने आश्वासन दिए । मेयर खाँको प्रस्ताव सकारात्मक र समयसापेक्ष रहेको उल्लेख गर्दै उनले भवन निर्माणको लागि आगामी बजेटमा पहल गर्ने जानकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij