
बिहिवार , चैत्र ५, २०७७
बुटवल, ५ चैत ।
बुटवल–११ मा ईट वेल रेष्टुरेन्ट संचालनमा आएको छ । हेल्दी फुड, ह्याप्पी मुडको नारासहित ३ जना युवाहरुले सेवा उद्योगमा लगानी गरेका छन । एक समारोहकाबीच होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ रुपन्देहीका अध्यक्ष रामप्रसाद गौतम, महासचिव माधव खनाल, निवर्तमान सचिव मोहनलाल पाण्डे, रेष्टुरेन्टका संचालक विष्णु घिमिरेले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।
कार्यक्रममा बोल्दै संघका अध्यक्ष गौतमले आम नागरिकको स्वस्थ्यसंग प्रत्यक्ष सरोकार राख्ने सेवामुलक व्यवसाय हँदा यसमा धेरै चुनौति रहेको बताए । हिजोभन्दा आज होटल रेष्टुरेन्टको संचालनमा लगानी र सेवामा फरकपना आएको उनले बताए ।
कार्यक्रममा रेष्टुरेन्टका सल्लाहकार थानेश्वर पाण्डेले ईट वेल स्पेशलका ८–१० आईटम बजारमा कुनै पनि रेष्टुरेन्टहरुमा पाइने भन्दा फरक स्वादको भएको दाबी गरे । रेष्टुरेन्टका संचालक विष्णु घिमिरेले नाम अनुसार फरक र नौलो सेवा दिने बताए । ’मिल्स एण्ड मेमोरिज आर मेड हेयर, उनले भने । करीब ८ सय ५० स्क्वायर फुट क्षेत्रफलमा पुर्वाधार निर्माण गरिएको छ । शुभकार्यका लागि १५ जना क्षमताको विशेष हल रहेको छ । आफुहरु ३ जनाहरुको करीब ७० लाख खर्च गरि रेष्टुरेन्ट संचालनमा ल्याएको संचालक प्रकाश घिमिरेले बताए ।
बजारमा पाइने सबै आईटम भन्दा फरक पाईने उनले बताए । भारतीय, नेपाली लगायतका फरक फरक विज्ञ सेफहरुबाट खाना पस्कने उनले बताए । रेष्टुरेन्टमा ३ जना कुक, १ जना हेल्पर र ४ जना सहयोगी गरी १० जनाले रोजगार पाएका छन् । फ्रि डेलिभरी र प्याकेज समेत सुरु गरिने उनले बताए । कार्यालयमा काम गर्ने कर्मचारीहरुलाई लक्षित गरी १ सय १० रुपैयाको प्रोफेसनल प्याकसहित केही नयाँ नयाँ प्याक योजना ल्याउने उनले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij