२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

सिद्धार्थनगरमा पाठेघरको मुखको क्यान्सरसम्बन्धी निःशुल्क शिविर

सोमवार , फाल्गुण १९, २०८१

भैरहवा, १९ फागुन । रुपन्देहीको सिद्धार्थनगर नगरपलिकाले महिलाहरूको पाठेघरको मुखमा हुने क्यान्सर रोगको जोखिम न्यूनीकरणका लागि शिविर सुरु गरेको छ । शिविरमा महिलाहरुको पाठेघर झरेको, पिसाब चुहिने समस्या, लगायत जाँच गरिनेछ । शिविरको सोमबार वडा नम्बर ९ बाट सुरुवात गरिएको छ । 

शिविर नगरका विभिन्न ४ स्थानमा हुने नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख ईश्वरी प्रसाद न्यौपानेले जानकारी दिए । उनका अनुसार शिविर सोमबार वडा नम्बर ९, मंगलबार वडा नम्बर ३ को खजहना, बुधबार वडा नम्बर १ को बेलहिया र बिहीबार वडा नम्बर ११ को भुजौलीमा हुनेछ । सबै शिविरहरु वडाका आधारभूत स्वास्थ्य सेवा केन्द्रमा सञ्चालन हुनेछ ।  

वडास्तरमा शिविर सञ्चालन गरिए पनि आफुलाई पायक पर्ने स्थानमा गएर महिलाहरुले पाठेघर सम्वन्धी निःशुल्क स्वास्थ्य जाँच गराउन सक्ने व्यवस्था मिलाइएको सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले जानकारी दिइन् । 

महिलाहरुमा देखिने पाठेघर सम्बन्धी यो समस्यालाई समयमै पत्ता लगाई उपचार गरी निको पार्ने र समस्या नै आउन नदिने उद्देश्यले नगरपालिकाले वर्षेनी शिविर सञ्चालन गर्दै आएको उनले उपप्रमुख अधिकारीले बताइन् । 

सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले नेपालमा महिलाहरूमा हुने क्यान्सरहरूमध्ये पाठेघरको मुखको क्यान्सर महिलाको मृत्यु हुनेमा पहिलो कारण रहेको उल्लेख गरे । उनले समयमै पहिचान गरी उपचार गरेर यो रोग निको पार्ने उद्देश्यले नगरपालिकाले निःशुल्क शिविर सञ्चालन गर्दै आएको जानकारी दिए ।

ाठेघरको मुखको क्यान्सरबाट बच्न व्यापक जनचेतना अभिवृद्धि गरी समयमा नै यो रोगको पहिचान गर्ने यस अभियानलाई सफल बनाउन सबै जनप्रतिनिधि, समाजसेवी, सञ्चारकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी लगायत सरोकारवाला संघ–संस्थाहरू सक्रिय रूपमा संलग्न भइ सहयोग गरीदिन उनले आग्रह समेत गरेका छन् । 

उनले ३० वर्ष भन्दा माथिका सबै महिलाहरूलाई पाठेघरको मुखको परीक्षण गर्नुहुन तथा आ–आफ्नो घरपरिवारका उक्त उमेर समूहका महिलाहरूलाई परीक्षणका लागि अभिप्रेरित अनुरोध गरे ।