२०८३, बैशाख १ गते

Apr 14 2026 | २०८३, बैशाख १ गते

लायन्स मणिग्रामद्वारा पानी टंकी प्रदान 

सोमवार , श्रावण २६, २०७७

  • 13.0K
    Shares
  • 13.0K
    Shares
  • बुटवल, २६ साउन । 
    लायन्स  क्लब अफ मणिग्रामले फुट फ्रेस हात धुने पानी टंकी तिलोत्तमा नगरपालिकास्थित कुन्जलापुरमा रहेको कुन्ज पार्कमा हस्तान्तरण गरेको छ ।

    कोभिड–१९ को महामारीले विश्व जगतमै तहसनहस गरेको बेला सामाजिक क्षेत्रमा काम गर्ने संस्था लायन्सले हातले नछोइकन धुन मिल्ने पानी टंकी दास्रो चरणमा पानी टंकी वितरण गरिएको लायन्स मणिग्रामका अध्यक्ष एम.जे.एफ. सुरज कुमार लम्सालले बताए । 

    कार्यक्रममा लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ का गर्भनर एम.जे.एफ. शम्भु नकर्मीले खुट्टाको प्रयोगबाट हात धुने पानी टंकीले केही हदसम्म कोरोनाको जोखिम न्युनीकरण गर्ने बताए ।

    कार्यक्रममा लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ बी टु सेकेन्ड भिडिजी एम.जे.एफ. रामप्रसाद भट्ट, एरिया चिफ एम.जे.एफ. सन्दिप कसौधन लगायतले बोलेका थिए । फुट फ्रेस पानी टंकी कुन्ज पार्क व्यवस्थापन समितिका अध्यक्ष लोक पुनलाई हस्तान्तरण गरिएको मनोज सेञ्चुरीले बताए ।

    अध्यक्ष लम्सालले विगतका दिनहरुमा पनि कोभिड–१९ लक्षित विभिन्न क्रियाकलाप गरेको जानकारी दिंदै आगामी दिनमा पनि कुनै पनि विपत्ति वा महाविपत्तिको सबै जना मिलेर डटेर सामान गर्नुपर्ने र यसमा क्लबले सदैव साथ दिने प्रतिवद्धता समेत जनाएका थिए ।