२०८३, बैशाख ९ गते

Apr 22 2026 | २०८३, बैशाख ९ गते

अर्घाखाँची जिल्ला अस्पताल लुम्बिनी प्रदेशमै उत्कृष्ट

शुक्रवार , चैत्र ६, २०७७

  • 9.3K
    Shares
  • 9.3K
    Shares
  • अर्घाखाँची, ६ चैत ।
    जिल्ला अस्पताल अर्घाखाँची लुम्बिनी प्रदेशमै जिल्ला अस्पतालमध्ये प्रदेशकै उत्कृष्ट अस्पताल भएको छ । नेपाल सरकारद्वारा अस्पतालहरूको न्युनतम सेवा गुणस्तर मापदण्ड मापनमा प्रदेशभरीको उत्कृष्ट अस्पताल भएको अर्घाखाँची अस्पतालले जनाएको छ ।

    अंकको विभिन्न सूचकांकलाई आधार मानी प्रदेशभर रहेका जिल्ला अस्पतालहरूमध्ये अर्घाखाँची अस्पतालले ७५ प्रतिशत अंक प्राप्त गरेको अस्पतालका प्रमुख डा. कपिल गौतमले जानकारी दिए । त्यस्तै यो अस्पतालमा नेपालमै तेस्रो नम्बरमा समेत परेको छ । सोही अवसरमा अस्पतालद्वारा चिकित्सक, स्वास्थ्यकर्मी लगायतलाई सम्मान गरिएको डा. गौतमले जानकारी दिए ।

    १५ शैयाबाट बिरामीलाई सेवा दिदै आएको अस्पतालले विशेष गरी ब्लड बैंक नभएको अस्पतालले नेपाली सेनाले आवश्यक परेको खण्डमा ब्लड उपलब्ध गराउने प्रतिबद्धता जनाएपछि यो आर्थिक वर्षमा मात्र ५३ वटा शल्यक्रिया (अप्रेशन) गरेको छ । प्रदेशको उत्कृष्ट अस्पताललाई अझै थप सुविधा सम्पन्न बनाउँदै जैजाने अस्पताल विकास समितिका अध्यक्ष तथा सन्धिखर्क नगरपालिका प्रमुख कमल प्रसाद भुसालले बताए ।