images

आइतवार, बैशाख २३ गते २०८१

सैनामैनाका किसानलाई कृषि यन्त्र वितरण

सैनामैनाका किसानलाई कृषि यन्त्र वितरण

images
images
images
शुक्रवार, चैत्र ६ २०७७
शुक्रवार, चैत्र ६ २०७७
  • सैनामैनाका किसानलाई कृषि यन्त्र वितरण

    सैनामैना, ६ चैत ।
    रुपन्देहीको सैनामैना नगरपालिकाले करिब रु. २२ लाख बराबरको कृषि यन्त्रउपकरण वितरण गरेको छ । नगरपालिकाका भित्रका कृषकलाई शुक्रबार ५० प्रतिशत अनुदानमा सो उपकरण नगरप्रमुख चित्र बहादुर कार्कीले स्थानीय किसानहरुलाई वितरण गरेका हुन् ।

    नगरपालिकाले मीनि टीलर ३१ थान, पावर टीलर १ थान, महमदानी १ थान, बेसार पिस्ने मेशिन एक थान, थ्रेसर २ थान, ड्रील मेसिन १ थान, इलेक्ट्रीक मोटर १३ थान, धान मेशिन रिपर दुई थान र पम्पसेट ८ थान वितरण गरेको थियो । सो उपकरण लिन नगरपालिका परिसरमा किसानको भीड लागेको थियो ।

    सो अवसरमा सैनामैना नगरपालिकाका प्रमुख चित्र बहादुर कार्कीले किसानले पाएको कृषी यन्त्र उपकरणको सदुपयोग गरेर लाभ लिन किसानहरुलाई आग्रह गर्दै कृषिमा आधुनिकीकरणका लागि  यन्त्रको प्रयोग आवश्यक भएको बताए । कोभिड–१९ अर्थात कोरोना भाइरसका कारण बेरोजगार बन्न पुगेका युवाहरुलाई कृषि मार्फत स्वरोजगार बनाउन नगरपालिकाले काम गरिरहेको जानकारी दिदै नगरप्रमुख कार्कीले जग्गा लिजमा लिएर सामुहिक कृषि प्रणालीमार्फत कृषी कार्य गर्न खोज्ने युवालाई नगरपालिकाको प्रोत्साहन स्वरुप सहयोग गरिरहेको बताए । उनले कृषि उत्पादनको बजार व्यवस्थापनलाई नगरपालिकाले विभिन्न ठाउँमा हाटबजारको समेत व्यवस्था गरेको बताए ।

    किसानहरुको उत्पादनमा कम लागतमा बढी आयआर्जन होस् भन्ने उद्देश्यले आधुनिक यन्त्र वितरण गरिएको युएनटिडपीका प्रदेश प्रमुख सुदिप अर्यालले बताए ।

    नगरपालिकाको कृषि शाखाका प्रमुख सिर्जना सुवेदीले किसानका विभिन्न खेतीमा यान्त्रीकरणको प्रयोग बढ्दो भएको उल्लेख गर्दै किसानहरुको उत्पादन बढाउन पनि कृषि यन्त्र तथा उपकरणले सहयोग पुर्याएको बताए ।

    कृषकहरुको उत्पादनमा वृद्धि गर्न र कृषिलाई व्यवस्थित, उत्पादनमुखी र आयमुलक बनाउने उद्देश्यले सैनामैनामा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको सेतो गुराँस बाल विकासका सुमित्रा शर्माले बताइन् ।

    आधुनिक कृषि यन्त्र उपलब्ध भएसंगै स्थानीय कृषकहरु हर्षित भएका थिए । नगरपालिकाका किसानले विगत लामो समयदेखि व्यवसायिक तरकारी खेती र धान खेती परम्परागत रुपमा गर्दै आएका थिए । तर पछिल्लो समय व्यक्तिगत लगानीमा खेतमा ट्याक्टरको प्रयोग हुँदा खेतीमा लागत सहभागिता महंगो भएको थियो ।

    images
    images
    images

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij