२०८२, फाल्गुण ८ गते

Feb 20 2026 | २०८२, फाल्गुण ८ गते

लायन्स तथा लियो क्लवद्वारा रक्तदान 

शनिवार , चैत्र ७, २०७७

  • 6.7K
    Shares
  • 6.7K
    Shares
  • भैरहवा। भैरहवाका लायन्स तथा लियो क्लवले रत्तदान कार्यक्रम गरेका छन्। भैरहवाको लायन्स क्लव होलिसिटि भैरहवा, लायन्स क्लव अफ लुम्बिनी क्रियटिभ लेडि तथा लियो क्लव अफ होलिसिटि भैरहवाले आयोजना गरेको सम्युक्त रक्तदान कार्यक्रम गरेका हुन्। 

    सो अबसरमा २५ युनिट रगत संकलन भएको लायन्स होलिसिटिका अध्यक्ष देवराज न्यौपानेले जानकारी दिए। रगतको अभावका कारण कसैले पनि अनाहकमा ज्यान गुमाउन नपरोस भन्ने उदेश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको लायन्स क्रियटिभ लेडिकी अध्यक्ष देवि न्यौपानेले जानकारी दिईन।

    लायन्स ३२५ वी टु का स्टाजेजिक चिफ ओमकुमार श्रेष्ठको प्रमुख आथित्यता, लायन्स होलिसिटिका कोषाध्यक्ष माधव शर्माको सञ्चालन, गोपाल जयसवाल, मिनाक्षि क्षेत्री, दिव्या भण्डारीको संयोजनमा भएको कार्यक्रममा जेसिआई सिद्धार्थ नेपालका अध्यक्ष गोपाल ज्ञवाली, लियो क्लवका रिजन चिफ सुमन अधिकारी, लियो होलिसिटिका अध्यक्ष प्रतिक भण्डारी लगाएतले बोल्दै लायन्स तथा लियो क्लवहरु सामाजिक कार्यमा थप अग्रसर हनुपर्नेमा जोड दिए।