२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

संगठन विस्तारमा प्रवासी नेपाली एकता समाज 

शनिवार , चैत्र ७, २०७७

भैरहवा, ७ चैत । 
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट प्रवासी नेपाली एकता समाज (यूएई)ले संगठन विस्तारलाई तीव्रता दिएको छ । सोही क्रममा राप्रपाको सिद्धान्तलाई आत्मसाथ गर्दै पार्टीमा प्रवेश गरेका पोखरा निवासी सुवास निरौला र भैरहवा निवासी राजेश जैसवाललाई समाजले स्वागत गरेको छ । 

नवप्रवेशीहरुलाई सक्रिय सदस्यता प्रमाणपत्र उपलब्ध गराइएको राप्रपका केन्द्रीय सदस्य तथा प्रवासी नेपाली एकता समाजका मध्यपूर्व संयोजक तोयानाथ लम्सालले बताए । 

यूएईमा भएको कार्यक्रममा प्रवासी नेपाली एकता समाज यूएईका अध्यक्ष सशी सिलवाल, वरिष्ठ उपाध्यक्ष मनोज जैसवाल, महिला संगठन अध्यक्ष सर्मिला डि.सी., सदस्य शिव कार्की लगायतको उपस्थिति रहेको थियो ।