२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

महिला सशक्तिकरण र उद्यमशीलताको लागि मेरो उम्मेदवारी : मिना पन्थी

मंगलवार , चैत्र ४, २०८१

लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५ (पी) मा चुनावी सरगर्मी बढेको छ । आगामी चैत २३ गते हुने लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५ (पी) को द्वितीय भाईस गभर्नरमा पाल्पाकी मिना पन्थीले उम्मेदवारी दिने भएकी छन् । १६ वर्ष लायन्स यात्रामा काम गरेकी पन्थीले महिला सशक्तिकरण, महिला उद्यमशीलता र युवा उद्यमशीलतालाई जोडर काम गर्ने सोचका साथ उम्मेदवारी दिएको बताएकी छन् । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५ पी मा हालसम्म एरिया २ बाट बुटवल र भैरहवाले लायन्स गभर्नरको जिम्मेवारी सम्हालिसकेको अवस्थामा सँगै जन्मिएको पाल्पा लायन्सले नेतृत्व पाउनुपर्छ भन्ने लागेको र एउटा महिलाले पनि लायन्स गभर्नरको नेतृत्व गरेर समाजमा कही राम्रा काम गर्न सक्छन् भन्ने उदाहरण दिनका लागि आफुूल उम्मेदवारी दिएको उनले बताएकी छन् । प्रस्तुत छ पन्थीसँग लायन्सको आगामी यात्रा र कामका विषयमा केन्द्रित रहेर गरिएको कुराकानीको सम्पादित अशं :

लायन्स अन्तर्राष्ट्रिय कस्तो खालको संस्था हो ?

लायन्स अन्तर्राष्ट्रिय एक विश्वव्यापी सामाजिक रुपपमा सेवा गर्ने संस्था हो । जसको उद्देश्य सामाजिक कार्य र सेवा परियोजनाहरूमार्फत समाजको सुधार गर्नु हो । यसको स्थापना सन् १९१७ मा अमेरिकामा भएको थियो । विश्वव्यापी रुपमा सामाजिक सेवा गर्ने उद्देश्यले समाजसेवी मेल्भिन जोन्सले स्थापना गरेका थिए । लायन्स क्लबका हामी सदस्यहरूले स्वेच्छिक रूपमा काम गर्छौ । यस क्लबमा सबै जाती, धर्म, र राष्ट्रियताका व्यक्तिहरूसँग काम गर्न खुला छन् । सबै जातजाति अट्ने साझा फुलबारीको रुपमा काम गरेर बसेका छौं ।

लायन्स अन्तर्राष्ट्रियले कस्तो खालको समाजसेवा गर्ने गरेको छ ?

लायन्स अन्तर्राष्ट्रियले आफ्नै उद्देश्य र योजनाअनुरुप समाजसेवाको काम गर्दछ । यसका प्रमुख कार्यक्रमहरूमा स्वच्छिक रुपमा दान संकलन गरी दृष्टिबिहीनता र अन्धोपनको उपचार, रक्तदान अभियान, स्वास्थ्य क्याम्प र आपतकालीन सेवाहरूको सन्दर्भमा काम गर्दछ । पछिल्लो समय अहिले लायन्स अन्तर्राष्ट्रियमा काम गर्ने लायन्स सदस्यहरुले उद्यमशीलतासँग जोडेर पनि काम गर्ने गरेका छन् ।

तपाई लायन्स अन्तर्रास्ट्रिय डिष्ट्रिक ३२५ पी को सेकेण्ड भाइस डिष्ट्रि गभर्नर बन्ने तयारीमा लाग्नुभएको छ । यो पदमा पुगेपछि भएपछि मुलभुत रुपमा के काम गर्ने सोच बनाउनुभएको छ ?

खास गरी हामीले ग्लोबल कजका ८ वटा बुँदामा रहेर काम गर्छौ । ती सबै विधा मानवीय सेवामा समर्पित नै छन् । मानिसको आवश्यकता एउटै प्रकृतिको हुन्छ । तर, व्यक्तिअनुसार फरक हुने हो । मैले मेरो कामर्यकालमा लायन्सका हरेक गतिविधिलाई उद्यमशीलतासँग जोड्ने सोच बनाएकी छु । म आफू सानैदेखि संघर्ष गरेर आएकी महिला हुँ । सानै उमेरबाट उद्यममा जोडिदै आएकी महिला पनि हुँ । त्यसैले मैले महिला उद्यमशीलता र युवा उद्यमशीलतामा जोड दिएर आयआर्जनमा जोड दिने गरी काम गर्ने सोच बनाएकी छु । महिला तथा युवालाई उर्जाशील बनाउँदै उद्यमशीलतामा जोड्दै लैजान सक्यौं भने समाजलाई छिट्टै रुपान्तरण गर्न सकिन्छ । नेपालमै प्रयाप्त मात्रामा काम गर्न सक्छौ,ं उद्यम गर्न सक्छौं भन्ने विश्वास दिलाउने गरी काम गर्ने सोचका साथ उम्मेदवार बनेकी हुँ । सामाजिक उद्यमशीलतामार्फत समाज परिर्वतन गर्नुपर्छ भन्ने मान्यताअनुसार अगाडि बढ्दैछौं । यदी समाज नै भएन भने हामी जति ठुलो मान्छे भए पनि योगदान दिन सकिएन, सीप विकासको काम गर्न सकिएन, साक्षरता विकास गर्न सकिएन भने समाजमा परिवर्तन हुन सक्दैन । हामीले हरेक मानिस उद्यमी हुनुपर्छ भन्ने मान्यता रहेको छ ।

तपाई लायन्स यात्रामा कहिलेदेखि जोडिनुभयो ? अनि अहिलेसम्म के–के काम गर्नुभयो ?

म सन् २००९ देखि लायन्स यात्रामा जोडिएकी छु । २००९ देखि २०१५ सम्म लायन्स क्लब अफ पाल्पाको सदस्य भएर काम गरेकी थिए । २०१५ मा लायन्स क्लब अफ रनउजेश्वरीको सस्ंथापक अध्यक्ष भएर काम गरे भने त्यसपछि क्रमशः डिष्ट्रिक कमिटी सदस्य, जोन चेयरपर्सन, डिष्ट्रिक कोर्डिनेटर, डिष्ट्रिक चिफ, सिनियर डिष्ट्रिक एड्भाईजर हँुदै सन २०२४/०२५ मा डिजास्टर रिलिफ एण्ड रेस्क्यु चिफको भूमिकामा छु ।

तपाई एक सक्षम महिला पनि हुनुहुन्छ ? महिलाहरुले अहिलेसम्म लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक ३२५ पी मा नेतृत्व गरेका छन् कि छैनन् ?

हो, तपाईले भने जस्तै म एक संघर्षशील र सक्षम महिला हो । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५ पी मा अहिलेसम्म महिलाले नेतृत्व गर्ने मौका पाएका छैनन् । अर्को कुरा पाल्पाले पनि अहिलेसम्म नेतृत्व गर्ने मौका पाएको छैन् । हामीले सधै सुन्ने गछौं । महिला र पुरुष समान हुन् । पुरुष सरह महिलाले पनि काम गर्न सक्छन् भन्ने हामीले सधैभरी भाषणमा सुन्ने गरेका छौं । यसपटक महिला पुरुष समान हुने भन्ने नारालाई व्यवहारमा उतार्न सबैले सहयोग गर्नुपर्छ । म आफू संस्थापक अध्यक्ष भएर दुईवटा महिला क्लब पनि खोलेको छु । निःस्वार्थ भावले समाजसेवा गर्दै आएकी छु । आर्थिक रुपमा पनि क्लबका माध्ययमबाट सामाजिक सेवा गर्दै आएको हुँदा अब लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५ पी मा गभर्नर बनाउने गरी अहिले द्वितीय भाइस गभर्नर बनाउनका लागि सबैसँग अपील समे गर्दछु ।

अन्त्यमा, लायन्स र ननलायन्सहरुलाई के भन्न चाहनुहुन्छ ?

समाज सुधारको लागि सकारात्मक सन्देश ल्याउन जरुरी छ । लायन्सले गरेको सामाजिक उत्तरदायित्वको अभियानलाई अझै प्रभावकारी रुपमा प्रसारप्रसार गर्न आवश्यक छ । हामी यसमा यहाँहरुको साथमा छौं । आखाँको उपचार अभियान, मधुमेह (डाईबेटीज) विरुद्धको अभियान पनि जारी छ । हामी के चाहन्छौं भने देशमा सबै उद्यमशीलता होउन् । अहिले विदेशमा गएका युवाहरूले यहाँको सीप, क्षमता भन्दा पनि फरक काम गर्न बाध्य छन्, उनीहरूका लागि स्वदेशमै काम गर्ने वातावरण बनाउन जरुरी छ । हामी सबै मिल्यौं भने सीपसहितको सामाजिक उद्यमशीलतामा विकास गर्न सक्छौं । उद्यमशीलता र आर्थिक समृद्धिकाबीच अन्योन्याश्रित सम्बन्ध छ । समृद्धिका लागि उद्यमशीलता र उद्यमशीलताका लागि हामीले उत्पादनसँग जोडेर लायन्स अन्तर्राष्ट्रियको दायरालाई अझै फराकिलो बनाउन सकिन्छ । त्यसका लागि तपाईहरुले मलाई विजयी बनाउनुहुन हार्दिक अनुरोध गर्दछु ।