
पत्रकार पौडेल सम्मानित
शनिवार , चैत्र ७, २०७७
बुटवल, ७ चैत ।
गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजको दोस्रो साधारणसभा शनिबार सम्पन्न भएको छ । सभामा प्रगति प्रतिवेदन प्रस्तुत गर्दै समाजका अध्यक्ष हुमनाथ ज्ञवालीले आगामी वर्षमा समाजको कार्यक्षेत्र विस्तार गर्ने र थप योजनासहित अघि बढ्ने बताए । उनले वर्षभरी गुल्मी चारपाला रुपन्देहीले गुल्मी र रुपन्देही दुवै जिल्लामा सेवामुलक सामाजिक काम गरेको भन्दै निरन्तर यस्ता कार्य गरिरहने जानकारी दिए ।
त्यस्तै, आयव्ययको प्रतिवेदन प्रस्तुत गर्दै कोषाध्यक्ष काजीमान टण्डनले सदस्य र सल्लाहकारहरुको संकलनबाट जम्मा हुने रकमले नै अहिलेसम्म कार्य गर्न सकिरहेको जिकिर गर्दै आगामी दिनमा कोष नै खडा गरेर सामाजिक अभियान चलाउने बताए ।
समाजले दोस्रो साधारणसभाको अवसरमा गत वर्ष जस्तै एकल भएर पनि सामाजिक काममा अघि सरेका २ महिलालाई सम्मान गरेको थियो । सम्मानित हुनेमा ईन्दिरा ज्ञवाली र रुपा महोतरा रहेका थिए ।
त्यस्तै, संचारको माध्यमबाट समाजलाई सहयोग पुर्याएको भन्दै कान्तिपुर दैनिकका रुपन्देही संवाददाता तथा मिडिया एक्सन नेपालका लुम्बिनीप्रदेश संयोजक सन्जु पौडेललाई नगदसहित सम्मान गरिएको समाजका उपाध्यक्ष उषा खत्रीले बताइन् ।
सभामा कार्यसमितिमा रही उत्कृष्ट योगदान पुर्याए वापत कोषाध्यक्ष काजीमान टण्डनलाई सम्मान गरिएको थियो । कार्यक्रममा उपाध्यक्ष उषा खत्रीले स्वागत गरेकी थिइन् भने कार्यक्रमको संचालन सचिव विकास टण्डनले गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij