२०८३, बैशाख ६ गते

Apr 19 2026 | २०८३, बैशाख ६ गते

प्राज्ञिक विद्यार्थी परिषदको ‘एक संकल्प राष्ट्रका लागि’

आइतवार , चैत्र ८, २०७७

  • 3.3K
    Shares
  • 3.3K
    Shares
  • भैरहवा, ८ चैत ।
    प्राज्ञिक विद्यार्थी परिषद नेपाल सिद्धार्थनगर इकाई, भैरहवाको आयोजनामा ‘एक संकल्प राष्ट्रका लागि’ ‘राष्ट्रका लागि युवा’ कार्यक्रम शनिबार भैरहवामा सम्पन्न भएको छ । 

    नगर अध्यक्ष नारायण प्रसाद कोइरालाको अध्यक्षता, संघीय प्रहरी इकाई कार्यालय भैरहवाका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शुशिल कुमार यादवको प्रमुख आतिथ्यता, सामूहिक विद्यालय परिवार रुपन्देहीका पूर्वअध्यक्ष राजकुमार गुरुङको विशिष्ट आतिथ्यता, प्राज्ञिक विद्यार्थी परिषद लुम्बिनी प्रदेश संगठन सचिव बाबुराम मरासिनी, प्रदेश सचिव तिर्सना खराल, केन्द्रीय सदस्य अनुराग पाण्डे, गणेश भुसाल लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

    कार्यक्रममा प्रशिक्षकद्वय प्राज्ञिक विद्यार्थी परिषदका राष्ट्रिय सह–संगठन सचिव रमेश कंडेल र लुम्बिनी प्रदेश विकास श्रेष्ठले सहजीकरण गरेका थिए । कार्यक्रममा संकल्पकर्ता प्राज्ञिकका लुम्बिनी प्रदेश उपाध्यक्ष कमल कोइराला रहेका थिए । कार्यक्रम संयोजक बद्रि प्रसाद भट्टराईको स्वागत तथा बन्दना पाण्डेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    २०५२ सालमा स्थापित प्राज्ञिक विद्यार्थी परिषद नेपालले सु–सब्य नागरिक बनाउने, विद्यार्थी शक्तिलाई राष्ट्र शक्तिको रुपमा स्थापित गर्ने, आगामी दिनमा रक्तदान कार्यक्रम, क्याम्पस इकाई गठन, नेतृत्वसिपको विकास र जीवन उपयोगी तालिमहरु सञ्चालन गर्ने परिषदका सिद्धार्थनगर अध्यक्ष नारायण प्रसाद कोइरालाले बताए ।