
शनिवार , चैत्र ८, २०८१
अर्घाखाँची, ९ चैत । लुम्बिनी प्रदेशस्तरीय मुख्यमन्त्री कप पुरुष भलिबल प्रतियोगिता–२०८१ सन्धिखर्कमा शुक्रबार सम्पन्न भएको छ । प्रतियोगितामा गुल्मी प्रथम, पाल्पा द्वितीय, नवलपरासी तृतीय र अर्घाखाँची सान्त्वना भएका छन् । मंगलबारदेखि सन्धिखर्क टुडिखेलमा सञ्चालन भएको खेलमा बाँकेबाहेक लुम्बिनी प्रदेशका ११ जिल्लाका खेलाडीले भाग लिएका थिए ।
प्रतियोगितामा प्रथम हुने गुल्मीलाई लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले नगद १ लाख रुपैयाँ, ट्रफी र मेडलले पुरस्कृत गरे ।
द्वितीय हुने पाल्पाले ६५ हजार नगद पुरस्कार, ट्रफी र मेडल, तृतीय नवलपरासीले ३५ हजार नगद, ट्र्फी र मेडल र सान्त्वना भएको अर्घाखाँचीले १५ हजार नगद पुरस्कारसहित ट्रफी र मेडल उपलब्ध गराइएको प्रदेश खेलकुद परिषद् लुम्बिनीका सदस्य सचिव तिरणदाज गौतमले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij