२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

राप्रपा सियारी–१ को वडा भेला तथा अधिवेशन सम्पन्न

आइतवार , चैत्र ८, २०७७

भैरहवा, ८ चैत ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले रुपन्देही सियारी गाउँपालिका वडा नम्बर १ मा वडा समिति विस्तार गरेको छ । शनिबार सम्पन्न वडा भेला तथा अधिवेशनले भोला प्रसाद थारुको अध्यक्षतामा २१ सदस्यीय वडा समिति सर्वसम्मत निर्वाचित गरेको छ । 

समितिको उपाध्यक्षमा ख्याम कुमारी शर्मा, सचिवमा लुम बहादुर ढेगा, कोषाध्यक्षमा टिकाराम गौतम र सह–सचिवमा शिव नारायण थारु रहेका छन् ।

त्यस्तै सदस्यहरुमा अरुण शाही, लक्ष्मी मल्ल, धनराज शर्मा, शान्ति वि.क., तेज बहादुर के.सी., मगाउ लोनिया, विष्णु थापा, मनिष अधिकारी, भुम बहादुर रेशमी, लिला बहादुर पौडेल, घनश्याम केवट, गणेश बहादुर रेशमी मगर, डिल्लीराज श्रेष्ठ, गोविन्द प्रसाद सापकोटा र गिता जि.सी. रहेका छन् ।

सियारी–१ का वडाअध्यक्ष अरुण शाहीको अध्यक्षता, राप्रपाका वरिष्ठ नेता तथा पूर्वमन्त्री दिपक बोहराको प्रमुख आतिथ्यता, केन्द्रीय सम्पादन समिति सदस्य ताहिर अलि, रुपन्देही जिल्ला अध्यक्ष सागर प्रताप राणा, उपाध्यक्ष अजय कुमार गुप्ता, सचिवालय सदस्य ई. चन्द्रभक्त श्रेष्ठ, सदस्यद्वय बलराम शर्मा, दिपक पाण्डेय, शंकर खत्री, विश्व प्रकाश श्रेष्ठ लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।