२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

राप्रपा सियारी–४ र ५ को अधिवेशन सम्पन्न

आइतवार , चैत्र ८, २०७७

भैरहवा, ८ चैत ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सियारी गाउँपालिका वडा नम्बर ४ र ५ को भेला तथा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले वडा नम्बर ४ मा बुद्धिराम पाण्डेको अध्यक्षतामा १७ सदस्यीय वडा समिति सर्वसम्मत निर्वाचित गरेको छ । समितिको उपाध्यक्षमा देव बहादुर पाल, सचिवमा बुद्धि प्रसाद भुसाल, कोषाध्यक्षमा बीर बहादुर थापा र सह–सचिवमा रेनुका देवी पाण्डे  रहेका छन् ।

त्यस्तै सदस्यहरुमा नेत्र बहादुर घिमिरे, मुकेश क्षेत्री, राम सुमेर भर, किसन बन्जाडे, राज कुमार बरई, पुनाराम भुसाल, सुनिल धोबी, पञ्चराम भर, राज कुमार लोध, चुनमुन पठान, शिव भट्टराई र बसन्ती पाल रहेका छन् ।

त्यस्तै वडा नम्बर ५ को अधिवेशनले दुर्गा नारायण शर्माको अध्यक्षतामा वडा समिति सर्वसम्मत निर्वाचित गरेको छ । समितिको उपाध्यक्षमा यमलाल पोखरेल, सचिवमा सिद्धान्त खरेल र कोषाध्यक्षमा सावित्रा खरेल रहेका छन् । त्यस्तै सदस्यहरुमा राजन भुसाल, दीपक भुसाल, चन्दा भुसाल, पम्फा भुसाल, सागर सापकोटा, बेद प्रसाद ज्ञवाली, तुलाराम पराजुली, कृष्ण भुसाल, बैभव भुसाल, टंक ज्ञवाली, हरि न्यौपाने र पुजन खरेल रहेको युवा नेतृ माया रोक्काले जानकारी दिइन् ।