२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

मर्चवारमा क्रिकेट प्रतियोगिता, पूर्वमन्त्री बोहराद्वारा उद्घाटन

आइतवार , चैत्र ८, २०७७

भैरहवा, ८ चैत ।
रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवार अन्तर्गत पर्ने सम्मरीमाई गाउँपालिका–५ भरवलियामा क्रिकेट प्रतियोगिता (टुनामेन्ट)भएको छ । ‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराका साथ एसडी स्टार क्रिकेट क्लबको आयोजनामा शनिबार भएको प्रतियोगिताको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ नेता तथा पूर्वमन्त्री दिपक बोहराले उद्घाटन गरेका हुन । 

सो अवसरमा बोल्दै पूर्वमन्त्री बोहराले स्थानीयस्तरमा आयोजना गरिने क्रिकेट प्रतियोगिताले खेल क्षेत्रको विकासमा टेवा पुग्ने बताए ।
उद्घाटन कार्यक्रममा राप्रपाका केन्द्रीय सदस्य अहमद्दीन खान, राप्रपा रुपन्देही जिल्ला उपाध्यक्ष अजय कुमार गुप्ता, पार्टीका नेता दिपक पाण्डे, विश्व प्रकाश श्रेष्ठ, सद्दाम खान लगायतको उपस्थिति रहेको थियो ।